शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय
अधिवेशन

एमाले लुम्बिनीको नयाँ नेतृत्वका लागि ८ बजेदेखि मतदान, अध्यक्षमा रिजाल र कँडेल प्रतिस्पर्धा गर्दै

सोमबार, १८ भदौ २०८०, १८ : २७
सोमबार, १८ भदौ २०८०

बुटवल । नेकपा एमाले लुम्बिनी प्रदेशको नयाँ नेतृत्वका लागि निर्वाचन हुने निश्चित भएको छ । बुटवलमा जारी एमाले लुम्बिनी प्रदेशको अधिवेशनमा निर्वाचन हुने निश्चित भएको हो । 

पार्टी अध्यक्ष केपी शर्मा ओलीले सर्वसम्मतबाटै नेतृत्व चयन गर्न दिएको निर्देशन विपरीत निर्वाचन हुने भएको छ । नेताहरु दुई प्यानल बनाएर चुनावी मैदानमा उत्रिएका छन् । 

सर्वसम्मतमा नेतृत्व चयन गर्ने विषयमा नेताहरुबीच सहमति नभएपछि राति ८ बजेदेखि मतदान हुने भएको छ । उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिएको निर्वाचन समितिले जनाएको छ ।  राति ८ बजेदेखि मतदान सुरु गरिने निर्वाचन आयोगका प्रमुख हरि भण्डारीले जानकारी दिए । 

प्रदेश अध्यक्षको लागि हरि रिजाल र राधाकृष्ण कँडेलले उम्मेदवारी दर्ता गराएका छन् । रिजाल महासचिव शंकर पोखरेल र कँडेल उपाध्यक्ष विष्णु पौडेल निकट मानिन्छन् । 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप