आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

नेपालका सांस्कृतिक सम्पदा दक्षिण एशियाकै साझा सांस्कृतिक धरोहर हुन् : राजदूत श्रीवास्तव

सोमबार, १८ भदौ २०८०, १८ : ४७
सोमबार, १८ भदौ २०८०

काठमाडौँ । भारत सरकारको वित्तीय सहयोगमा ललितपुर महानगरपालिका ११ ईखाछेंस्थित नापीचन्द्र महाबिहारको पुनःनिर्माण पछि उद्घाटन गरिएको छ ।  

सोमबार एक कार्यक्रमको आयोजना गरी भारत सरकारको वित्तीय सहयोग एवं कला र सांस्कृतिक सम्पदाको लागि भारतीय राष्ट्रिय ट्रस्टको प्राविधिक सहयोग तथा नेपाल सरकार र सहकारी विकास मन्त्रालय लगायतका सरकारी निकायहरुको सहयोगमा ललितपुर महानगरपालिका ११ ईखाछेंस्थित नापीचन्द्र महाबिहारको उद्घाटन भएको हो । 

कार्यक्रममा बोल्दै नेपालका लागि भारतीय राजदूत नविन श्रीवास्तवले नेपालको सांस्कृतिक सम्पदाको रक्षा भनेको दक्षिण एशियाकै साझा सांस्कृतिक धरोहर भएको बताए । उनले नेपाल र भारतबीचमा संस्कृतिको सम्बन्धलाई थप बिस्तार गर्दै लैजानुपर्ने बताए ।

कार्यक्रममा बोल्दै ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले सम्पदा संरक्षणको कामलाई अझै बिस्तार गर्नुपर्ने बताए । उनले काठमाडौँ उपत्यकामा पुनःनिर्माण भएकामध्ये पिम्बाल पोखरीलाई धेरैले रुचाएको बताए  ।

नेपालको सांस्कृतिक सम्पदा क्षेत्रको पुनर्निर्माणका लागि भारत सरकारले उपलब्ध गराएको भूकम्पपछिको पुनर्निर्माण अनुदान अन्तर्गत करिब ३.५ करोड रुपैयाँको लागतमा निर्मित ललितपुरस्थित श्री नापीचन्द्र महाविहारको नयाँ भवनको नेपालका लागि भारतीय राजदूत श्रीवास्तव र ललितपुर महानगरपालिकका मेयर महर्जनले संयुक्त रुपमा उद्घाटन गरेका थिए । नेपालको सांस्कृतिक सम्पदा क्षेत्रको पुनर्निर्माणका लागि भारत सरकारले उपलब्ध गराएको भूकम्पपछिको पुनर्निर्माण अनुदान अन्तर्गत यो परियोजनाको निर्माण भएको हो ।

 

 

 

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप