श्रीदेवीको घर बन्यो होटल
चेन्नई । हिन्दी सिनेमाकी पहिलो सुपरस्टार मानिने दिवंगत अभिनेत्री श्रीदेवीको चेन्नईस्थित बंगलालाई होटल बनाइएको छ । श्रीमान बोनी कपूर र छोरी जान्हवी कपूरले चेन्नईमा रहेको अभिनेत्रीको घर मर्मत गरेर सर्वसाधारणका लागि खुला गरेका हुन् । यो घरलाई बोनी कपूरले रेन्टल कम्पनी एयरबीएनबीलाई दिएका छन् । यो घरलाई कम्पनीले ‘आइकन’को श्रेणीमा राखेको छ ।
जान्ह्वीले श्रीदेवीका फ्यानहरूलाई उनको शानदार घरमा बस्ने मौका दिँदै एउटा अनुरोध पनि गरेकी छिन् । उनले फयानहरूलाई घरमा रहेका सामानहरू चोरेर नलैजान अनुरोध गरेकी छिन् ।
एयरबीएनबीले आफ्नो ‘आइकन’ श्रेणीअन्तर्गत श्रीदेवीको घरलाई होटलमा परिणत गरेको हो । लन्च कार्यक्रममा जान्हवीले उक्त घरसँग जोडिएका आफ्ना केही सम्झनाहरू पनि सुनाएकी थिइन् ।
उक्त घरलाई होटलमा परिणत गर्ने श्रीदेवीकै चाहनाअनुसार त्यस्तो गरिएको पनि उनले बताइन् । यस वर्ष आइकनमा रहेका घरका लागि एयरबीएनबीले ४ हजार सुनौलो टिकट उपलब्ध गराउने भएको छ ।
केही घरको मूल्य सय डलर छन् भने केहीका लागि पैसा तिर्नु पर्दैन । श्रीदेवीको घर पनि सित्तैमा उपलब्ध गराइनेछ । यसका लागि पैसा दिनु पर्नेछैन । तर नाम टिपाउन आवेदन दिनु पर्ने अनि गोल्डेन टिकटको आधारमा बस्न पाउने व्यक्तिको चयन गरिने बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘ज्येष्ठ नागरिक उद्यान’ नयाँ पर्यटकीय गन्तव्य
-
शुक्रबार यस्ताे छ विदेशी मुद्राको विनिमय दर
-
कारागारबाट फरार दुई कैदी नौ महिनापछि पक्राउ
-
उत्पादन वृद्धि र लागत कम गर्न किसानलाई कृषि सामग्री
-
वातावरणमैत्री स्रोतको उपयोगमा जोड दिन आवश्यक छ: उपराष्ट्रपति
-
वातावरण सुधारका गतिविधि प्रवर्द्धन गर्न राष्ट्रपतिको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण