शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

श्रीदेवीको घर बन्यो होटल

आइतबार, २३ वैशाख २०८१, १२ : ४६
आइतबार, २३ वैशाख २०८१

चेन्नई । हिन्दी सिनेमाकी पहिलो सुपरस्टार मानिने दिवंगत अभिनेत्री श्रीदेवीको चेन्नईस्थित बंगलालाई होटल बनाइएको छ । श्रीमान बोनी कपूर र छोरी जान्हवी कपूरले चेन्नईमा रहेको अभिनेत्रीको घर मर्मत गरेर सर्वसाधारणका लागि खुला गरेका हुन् । यो घरलाई बोनी कपूरले रेन्टल कम्पनी एयरबीएनबीलाई दिएका छन् । यो घरलाई कम्पनीले ‘आइकन’को श्रेणीमा राखेको छ ।
जान्ह्वीले श्रीदेवीका फ्यानहरूलाई उनको शानदार घरमा बस्ने मौका दिँदै एउटा अनुरोध पनि गरेकी छिन् । उनले फयानहरूलाई घरमा रहेका सामानहरू चोरेर नलैजान अनुरोध गरेकी छिन् । 
एयरबीएनबीले आफ्नो ‘आइकन’ श्रेणीअन्तर्गत श्रीदेवीको घरलाई होटलमा परिणत गरेको हो । लन्च कार्यक्रममा जान्हवीले उक्त घरसँग जोडिएका आफ्ना केही सम्झनाहरू पनि सुनाएकी थिइन् ।

उक्त घरलाई होटलमा परिणत गर्ने श्रीदेवीकै चाहनाअनुसार त्यस्तो गरिएको पनि उनले बताइन् । यस वर्ष आइकनमा रहेका घरका लागि एयरबीएनबीले ४ हजार सुनौलो टिकट उपलब्ध गराउने भएको छ । 
केही घरको मूल्य सय डलर छन् भने केहीका लागि पैसा तिर्नु पर्दैन । श्रीदेवीको घर पनि सित्तैमा उपलब्ध गराइनेछ । यसका लागि पैसा दिनु पर्नेछैन । तर नाम टिपाउन आवेदन दिनु पर्ने अनि गोल्डेन टिकटको आधारमा बस्न पाउने व्यक्तिको चयन गरिने बताइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप