शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

आईएमई लाइफ इन्स्योरेन्सको लाभांश संशोधन

आइतबार, २३ वैशाख २०८१, १३ : ११
आइतबार, २३ वैशाख २०८१

काठमाडौँ । आईएमई लाइफ इन्स्योरेन्सले यसअघि घोषणा गरेको लाभांश संशोधन भएको छ । कम्पनीले गत आर्थिक वर्ष २०७९/८० को नाफाबाट सेयरधनीहरुलाई २५ बोनस सेयर र ९.५० प्रतिशत नगद गरी साढे ३४ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको थियो । 

तर कम्पनीले नगदतर्फको लाभांश संशोधन गर्दै कर प्रयोजनार्थ १.३१५८ प्रतिशत मात्र नगद लाभांश वितरण गरिने जनाएको हो ।  योसँगै अब कम्पनीले बोनस सेयरतर्फ २५ प्रतिशत र नगदतर्फ १.३१५८ गरी कूल २६.३१५८ प्रतिशत मात्र लाभांश वितरण गर्नेछ । 

हाल कम्पनीको कूल चुक्ता पुँजी ४ अर्ब रुपैयाँ रहेको छ । यसै चुक्ता पुँजीलाई आधार मानेर कम्पनीले बोनस र नगद गरी २६.३१५८ प्रतिशत लाभांश वितरण गर्नेछ । 

प्रस्तावित लाभांश नियामक नेपाल बीमा प्राधिकरणबाट स्वीकृत भएपश्चात् कम्पनीको आगामी साधारण सभाले पास गरेपछि सेयर धनीहरूमा वितरण गरिनेछ । 

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप