शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

मुक्तिनाथ दर्शनकाे कार्यक्रम रद्द भएपछि चन्द्रचुड फर्किए भारत

आइतबार, २३ वैशाख २०८१, १२ : ५६
आइतबार, २३ वैशाख २०८१

काठमाडौँ । भारतका प्रधानन्यायाधीश धनञ्जय यशवंत चन्द्रचुडको मुक्तिनाथ दर्शन कार्यक्रम रद्द भएको छ । आज नेपाली सेनाको हेलिकप्टरबाट मुक्तिनाथ दर्शनका लागि त्यति जाने कार्यक्रम तय भए पनि खराब मौसमका कारण कार्यक्रम रद्द गरिएको हो । 

यससँगै पत्नी कल्पना दास, भारतीय सर्वोच्च अदालतका रजिष्ट्रार राकेश कुमार र कोर्ट चेतन अरोराकासाथ नेपाल आएका प्रधानन्यायाधीश चन्द्रचुड भारत फर्किएका छन् । 

आज मुक्तिनाथको दर्शन गरेर पोखरा घुम्ने कार्यक्रम पनि थियो । पोखराबाट काठमाडौँ आएर भारत फर्किने कार्यतालिका थियो । तर मुक्तिनाथको दर्शन गर्न नपाएपछि कार्यतालिकामा हेरफेर गरी उनी भारत फर्किएका हुन् । 

सर्वोच्च अदालतको केन्द्रीय बाल न्याय समितिको आयोजनामा बाल न्यायको विधिशास्त्र कार्यक्रममा भाग लिन उनी शुक्रवार नेपाल आइपुगेका थिए । प्रधानन्यायाधीश चन्द्रचुडले पशुपतिमा दर्शन गर्नुका साथै पाटन दरबार स्क्वायर, वसन्तपुर दरबार र भक्तपुर दरवारलगायतको ठाउँको अवलोकन गरेका थिए ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप