शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

‘मिस एन्ड मिस्टर आइडल’ हुने

आइतबार, २३ वैशाख २०८१, १३ : ०९
आइतबार, २३ वैशाख २०८१

काठमाडौँ । विद्यालयमा अध्ययनरत स–साना बालबालिकाहरूको कला, प्रतिभा प्रस्फुटन गर्ने उद्देश्यले ‘मिस एन्ड मिस्टर सिनियर एन्ड जुनियर आइडल–२०२४’ हुने भएको छ । आयोजक संस्था स्पार्कल इन्टरटेनमेन्टले राजधानीमा पत्रकार सम्मेलन गरी प्रतियोगिताबारे जानकारी दिएको हो ।

प्रतियोगिता जुनियर र सिनियर गरी दुई भागमा विभाजन गरिएको छ । आयोजकका अनुसार ‘मिस एन्ड मिस्टर सिनियर एन्ड जुनियर आइडल’मा ६ देखि १२ वर्षसम्म जुनियर र सिनियरतर्फ १३ देखि १६ वर्षसम्मका बालबालिकाले सहभागी जनाउन पाउनेछन् ।

प्रतियोगिताको यो पहिलो संस्करण हो । यस संस्करणमा जुनियर र सिनियर गरी ५० जना प्रतियोगी अन्तिम प्रतिस्र्धाका लागि छनोट गरिने आयोजकले जनाएको छ । आयोजक संस्थाकी अध्यक्ष नीतु श्रेष्ठले ५० जना प्रतियोगी अन्तिम प्रतिस्पर्धाका लागि छनोट गर्ने बताइन् । उनले भनिन्, ‘४० जना छनोट भइसकेका छन् । अब १० जना प्रतियोगी छनोट गरिने छ ।’

अन्तिम प्रतिस्पर्धाका लागि छनोट हुने प्रतियोगीहरूलाई व्यक्तित्व विकास लगायतका विभिन्न ग्रमिङ कक्षा दिइने छ । जेठ ४ गतेदेखि प्रतियोगीहरूलाई प्रशिक्षण दिइने कार्यक्रम संयोजक अमृता राईले जानकारी दिइन् । यस प्रतियोगिताको कोरियोग्राफी मोडल दिक्पाल कार्कीको रहनेछ । 

प्रतियोगिताको अन्तिम प्रतिस्पर्धा (ग्राण्ड फिनाले) जेठ २६ गते जमलस्थित राष्ट्रिय नाचघरमा हुने आयोजकले जनाएको छ । प्रतियोगितामा शीर्ष दुई विजेताले उपाधि सहित नगद पुरस्कार तथा विभिन्न गिफ्ट ह्याम्पर पाउने आयोजकले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप