मलमा छलै छल
मल उत्पादन भएकै मुलुकको सक्कल कागज नभए पनि सेटिङमा ल्याइने रासायनिक मल बनावटी कागजकै भरमा भन्सारमा पास हुने गरेको पाइएको छ । सरकारको सम्बन्धित मन्त्रालय र विभागको दबाब अनि कर्मचारी झुक्किने दुरुस्त बनावटी कागजका कारण भन्सार कार्यालय पनि नतमस्तक हुने गरेको छ ।
साल्ट ट्रेडिङ कर्पोरेसनले आयात गरेको रासायनिक मल भन्सारमा लामो समय जाममा नपर्ने कारण पनि सबै सेटिङकै कारण फास्ट ट्र्याकमा हुने गरेको भेटिएको छ । मल ल्याउने कम्पनी आइपिएलसहितको सेटिङमा मल ल्याउँदा–ल्याउँदै जाँचपास हुने गरेको प्रत्यक्षदर्शीले समेत बताए । अझ यसपटकको मल गुणस्तरमा समेत कैफियत रहेको खुलेको छ ।
गाडीमा मल लोड गरेको ठाउँबाट तपतपी पानी चुहिरहेको फेला परेको छ । साल्ट टे«डिङले ल्याएको मल प्रायजसो जहाजको लोट–पोट सर्टिफिकेट नखोतली छोड्न बाध्य हुनेसम्म रहस्योद्घाटन भएको छ ।
पछिल्लो समय यस्तै सूचना आई पर्साका प्रमुख जिल्ला अधिकारीले समेत निगरानी गर्न भन्सारका कर्मचारीलाई भनेकै समयमा पनि साल्ट ट्रेडिङले सेटिङमा ल्याएको २० हजार मेट्रिक टन युरिया मल जाँचपास भइसकेको तथ्य पनि भेटिएको छ । यो समाचार राजधानी दैनिकमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपाको केन्द्रीय सदस्य चयनका लागि राति साढे ८ बजेदेखि मतदान
-
ललितपुरमा सम्पदा क्षेत्रमा ई–शटल बसदेखि फोहोर व्यवस्थापनमा प्रविधिसम्मको बजेट
-
के घानाले इङ्ल्यान्डमाथि कालाजादु गरेको थियो ?
-
यी हुन् ‘मिस नेपाल २०२६’ मा भिड्ने २४ प्रतियोगी
-
ललितपुरको बजेट : कुन क्षेत्रमा कति ? (पूर्णपाठ)
-
युरोपियन मोडलमा रास्वपा : के हो रवि लामिछानेले भनेको ‘सामाजिक लोकतन्त्र’ को पद्धति ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण