भारत र पाकिस्तानबीच १३३ एकदिवसीय : ७३ खेलमा पाकिस्तान र ५५ खेलमा भारत विजयी
काठमाडौँ । एसिया कप क्रिकेट प्रतियोगितामा आइतबार विश्व क्रिकेटका दुई चिरप्रतिद्वन्द्वी राष्ट्र भारत र पाकिस्तानबीच भिडन्त हुँदैछ । श्रीलंकाको राजधानी सहर कोलम्बोस्थित आर. प्रेमादासा रंगशालामा उक्त खेल खेलिने छ ।
खेल नेपाली समयअनुसार, दिउँसो ३ः १५ बजे सुरु हुनेछ । यद्यपि, उक्त खेल वर्षाका कारण प्रभावित हुनसक्ने प्रबल सम्भावना रहेको मौसम विभागले जनाएको छ ।
भारत र पाकिस्तानबीचको खेलका क्रममा वर्षाको सम्भावना ९० प्रतिशतभन्दा बढी रहेको समाचारमा जनाइएको छ । त्यसैले पनि यी दुबै राष्ट्रका समर्थक निराश बनेका छन् ।
यसअघि समूहगत चरणमा पनि भारत र पाकिस्तानबीचको खेल वर्षाका कारण रद्द भएको थियो । तर, एसियाली क्रिकेट काउन्सिल (एसीसी) ले आइतबारको खेल वर्षाका कारण रद्द भए उक्त खेल सोमबार खेलाइने बताएको छ ।
खेल सुरु हुने समय नजिकिँदै गर्दा दुबै टोलीका समर्थकहरु आ—आफ्नो टोलीले खेल जित्ने दाबी गर्न ब्यस्त छन् । वास्तबमा यी दुई टोलीबीच यसअघिको खेलिएको खेलको अवस्था कस्तो छ त ? हालसम्म भारत र पाकिस्तानबीच एक सय ३३ वटा एकदिवसीय अन्तर्राष्ट्रिय खेल खेलिएको छ ।
एक सय ३३ एकदिवसीय खेलमध्ये ७३ खेलमा पाकिस्तानले भारतलाई हराएको छ । ५५ खेलमा भारत विजयी भएको छ ।
यी दुई राष्ट्रबीच खेलिएको पाँच खेल भने अनिर्णित रुपमा सकिएको छ । त्यसमध्ये घरेलु मैदानमा पाकिस्तानले १४ र भारतले ११ खेल जितेका छन् ।
यसैगरी भारतीय भूमिमा पाकिस्तानले १९ खेल जितेको छ भने पाकिस्तानी भूमिमा भारतले ११ खेल जितेको छ । यसका अतिरिक्त ‘न्यूट्रल भूमिमा’ पाकिस्तानले ४० खेल जितेको छ भने भारतले ३३ खेलमा सफलता हात पारेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भङ्गहा–जनकपुर–जयनगर रेल्वे सेवा तीन दिन बन्द हुने
-
सफा हिमाल अभियान : सेनाले दुई शव र आठ हजार किलो फोहर उठायो
-
स्वास्थ्य क्षेत्रको जनशक्ति व्यवस्थापनमा सरकारको उपेक्षा
-
गीत विवादमा प्रकाश दुतराज : विकृति–विसङ्गति केलाउन खोजेको हो
-
एमालेले भन्यो– कांग्रेसले मात्तिएर अलोकतान्त्रिक संसदीय अराजकता मच्चायो
-
सरकारले एक करोड ३० लाख युरो स्वीकार गर्ने