१३ वर्ष कान्छी प्रेमिकासँग विवाह गर्दैछन् ३७ वर्षका अभिनेता ? भने, ‘कुरा चलिरहन देऊ’
बलिउड अभिनेता आदित्य रोय कपुर आजकाल अनन्या पाण्डेलाई डेट गरिरहेका छन्, बजारमा हल्ला यस्तै चलिरहेको छ । यी दुईलाई सँगै बिदा मनाइरहेको देखिएको पनि छ । हालै यी दुई गोवाबाट फर्किएका थिए । यसअघि उनीहरू विदेशसमेत घुम्न गए । त्यहाँका थुप्रै भिडियो सोसल मिडियामा भाइरलसमेत भए ।
यी दुईको उमेरमा १३ वर्षको भिन्नता छ । तर आदित्य वा अनन्या कसैलाई पनि यो कुराले फरक पारेको छैन ।
हालै आदित्यले ई–टाइम्ससँगको कुराकानीमा आफ्नो विवाहबारे कुरा गरेका छन् । अभिनेतालाई विवाह कहिले गर्नुहुन्छ भनेर सोधिएको थियो, अनन्यासँग उनको नाम जोडिएको छ नि भनेर पनि केरकार गरिएको थियो ।
यसमा आदित्यले भने, ‘मलाई लाग्छ विवाहको शीर्षकमा छलफल हुनुपर्छ । राम्रो हो । जबसम्म यसबारे कुरा भइरहन्छ, मलाई राम्रो लाग्नेछ ।’
‘र यो राम्रो कुरा पनि हो कि मानिसहरूले मेरो विवाहबारे कुरा गरिरहेका छन् । यस्ता कुरालाई प्राकृतिक रूपमा अघि बढ्न दिँदा नै राम्रो होला,’ उनले भने ।
आफूलाई विवाहबारे रत्तीभर पनि चिन्ता नभएको बताउँदै उनले भने, ‘म राती आरामले सुत्छु । म जति वर्षको भएँ, मलाई त विवाहको तनावले सताउँदैन । विवाहको कुरा मेरो दिमागमा आउँदा पनि आउँदैन । विवाहको साइत जहिले जुरेको छ, त्यति नै बेला होला । ’
स्मरण रहोस्, अनन्या र आदित्य सम्बन्धमा भएको हल्ला केही महिनादेखि चलिरहेको छ । करण जोहरको च्याट शोमा अनन्याले आफू आदित्यलाई डेट गर्न चाहेको बताएकी थिइन् ।
र जब यी दुई सँगै देखिन थालियो तब अनन्याको कुरा साँचो भएको हो कि भनेर धेरैले अनुमानसमेत गर्न थाले ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आरक्षण कटौती गरिए कर्मचारीतन्त्रमा दलितको सहभागिता सवा प्रतिशत पनि रहँदैन : सचेतक परियार
-
भाइरलको दौड हैन, सदाबहार सिर्जना रोज्दै बबिता
-
गाजापट्टीमा नागरिक तथा नागरिक पूर्वाधारको संरक्षण गर्न राष्ट्रसङ्घको आह्वान
-
एमालेमा पार्टी शुद्धीकरण र पुनर्गठन अभियान : प्रदेशबाट थालियाे सुझाव सङ्कलन
-
जनसाङ्ख्यिक लाभांशमार्फत मधेसको आर्थिक रूपान्तरण कसरी गर्ने ?
-
आर्थिक र प्राविधिक अभावले करोडौँका डायलासिस मेसिन प्रयोगविहीन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण