आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

१३ वर्ष कान्छी प्रेमिकासँग विवाह गर्दैछन् ३७ वर्षका अभिनेता ? भने, ‘कुरा चलिरहन देऊ’

आइतबार, २४ भदौ २०८०, १२ : ३०
आइतबार, २४ भदौ २०८०

बलिउड अभिनेता आदित्य रोय कपुर आजकाल अनन्या पाण्डेलाई डेट गरिरहेका छन्, बजारमा हल्ला यस्तै चलिरहेको छ । यी दुईलाई सँगै बिदा मनाइरहेको देखिएको पनि छ । हालै यी दुई गोवाबाट फर्किएका थिए । यसअघि उनीहरू विदेशसमेत घुम्न गए । त्यहाँका थुप्रै भिडियो सोसल मिडियामा भाइरलसमेत भए । 

यी दुईको उमेरमा १३ वर्षको भिन्नता छ । तर आदित्य वा अनन्या कसैलाई पनि यो कुराले फरक पारेको छैन । 

हालै आदित्यले ई–टाइम्ससँगको कुराकानीमा आफ्नो विवाहबारे कुरा गरेका छन् । अभिनेतालाई विवाह कहिले गर्नुहुन्छ भनेर सोधिएको थियो, अनन्यासँग उनको नाम जोडिएको छ नि भनेर पनि केरकार गरिएको थियो । 

यसमा आदित्यले भने, ‘मलाई लाग्छ विवाहको शीर्षकमा छलफल हुनुपर्छ । राम्रो हो । जबसम्म यसबारे कुरा भइरहन्छ, मलाई राम्रो लाग्नेछ ।’

aaditya‘र यो राम्रो कुरा पनि हो कि मानिसहरूले मेरो विवाहबारे कुरा गरिरहेका छन् । यस्ता कुरालाई प्राकृतिक रूपमा अघि बढ्न दिँदा नै राम्रो होला,’ उनले भने । 

आफूलाई विवाहबारे रत्तीभर पनि चिन्ता नभएको बताउँदै उनले भने, ‘म राती आरामले सुत्छु । म जति वर्षको भएँ, मलाई त विवाहको तनावले सताउँदैन । विवाहको कुरा मेरो दिमागमा आउँदा पनि आउँदैन । विवाहको साइत जहिले जुरेको छ, त्यति नै बेला होला । ’

स्मरण रहोस्, अनन्या र आदित्य सम्बन्धमा भएको हल्ला केही महिनादेखि चलिरहेको छ । करण जोहरको च्याट शोमा अनन्याले आफू आदित्यलाई डेट गर्न चाहेको बताएकी थिइन् । 

र जब यी दुई सँगै देखिन थालियो तब अनन्याको कुरा साँचो भएको हो कि भनेर धेरैले अनुमानसमेत गर्न थाले । 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप