एशोशिएसन अफ नेपाल तराई ईन अस्ट्रेलियाको अध्यक्षमा रन्जित साह निर्वाचित
जनकपुरधाम । अस्ट्रेलियाका युवा व्यवसायी रन्जित साह एशोशिएसन अफ नेपाल तराई ईन अष्ट्रेलियाको अध्यक्षमा निर्वाचित भएका छन् ।
नव–निर्वाचित साह अस्ट्रेलियामा नेपाली समुदायका एक सफल युवा व्यवसायी हुन् ।
सिड्नीको ग्रयान्भिलमा भएको वार्षिक साधारण सभाबाट उनी सर्वसम्मतिले अध्यक्षमा चयन भएका छन् ।
अध्यक्ष पदका लागि मनोनयन दर्ता गराएका अन्य २ जनाले आफ्नो उम्मेदवारी फिर्ता लिएपछि साह २ वर्षको लागि अध्यक्षमा चयन भएका हुन् ।
साहको कार्यसमितिमा सबै पदाधिकारी सर्वसम्मत भएको बताइएको छ । उपाध्यक्षमा परमानन्द साह चयन भएका छन् भने महासचिवमा विकास झा सर्वसहमत भए ।
यस्तै कोषाध्यक्षमा सुरेन्द्र साह र कार्यक्रम संयोजकमा राकेश साह सर्वसम्मत भए । त्यस्तै सहकोषाध्यक्षमा रंजित दास चयन भएका छन् ।
यस्तै कार्यसमिति सदस्यमा आरती साह, मोहम्मद सैफअली खान, प्रिया गुप्ता र विजयकुमार साह रहेका छन् ।
एशोशिएसन अफ नेपाल तराई इन् अस्ट्रेलिया(एन्टा) अष्ट्रेलियाको न्युसाउथ वेल्स राज्यमा दर्ता भएको मधेसीहरुको पहिलो र सबैभन्दा पुरानो संस्था हो ।
नव–निर्वाचित अध्यक्ष साहको अष्ट्रेलियाको प्राय सबै राज्यमा व्यापार रहेको छ । उनको क्लिनिङ, कन्स्ट्रक्सन, रेष्टुरेन्ट र हाउजिङको व्यापार रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सर्वकालिक महान् चलचित्र ‘दो बिघा जमिन’
-
अखिल (क्रान्तिकारी) को तेस्रो केन्द्रीय समितिको बैठक सुरु
-
बाजुरा र हुम्लाको सीमा विवाद : सशस्त्र प्रहरी बलको टोली लाम्पाटा पुग्यो
-
अब हाम्रो भेट विश्वकपपछि मात्र हुनेछ प्रिया !
-
च्याटजिपिटी संवादका कारण गयो युवतीकाे ज्यान, एआई विरुद्ध आत्महत्या दुरुत्साहन मुद्दा
-
भारतको आसाममा वायुसेनाको सैन्य विमान दुर्घटना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण