सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

एशोशिएसन अफ नेपाल तराई ईन अस्ट्रेलियाको अध्यक्षमा रन्जित साह निर्वाचित

आइतबार, २४ भदौ २०८०, १५ : ०३
आइतबार, २४ भदौ २०८०

जनकपुरधाम । अस्ट्रेलियाका युवा व्यवसायी रन्जित साह एशोशिएसन अफ नेपाल तराई ईन अष्ट्रेलियाको अध्यक्षमा निर्वाचित भएका छन् । 

नव–निर्वाचित साह अस्ट्रेलियामा नेपाली समुदायका एक सफल युवा व्यवसायी हुन् । 

सिड्नीको ग्रयान्भिलमा भएको वार्षिक साधारण सभाबाट उनी सर्वसम्मतिले अध्यक्षमा चयन भएका छन् ।

अध्यक्ष पदका लागि मनोनयन दर्ता गराएका अन्य २ जनाले आफ्नो उम्मेदवारी फिर्ता लिएपछि साह २ वर्षको लागि अध्यक्षमा चयन भएका हुन् ।  

साहको कार्यसमितिमा सबै पदाधिकारी सर्वसम्मत भएको बताइएको छ । उपाध्यक्षमा परमानन्द साह चयन भएका छन् भने महासचिवमा विकास झा सर्वसहमत भए । 

यस्तै कोषाध्यक्षमा सुरेन्द्र साह र कार्यक्रम संयोजकमा राकेश साह सर्वसम्मत भए । त्यस्तै सहकोषाध्यक्षमा रंजित दास चयन भएका छन् ।

यस्तै कार्यसमिति सदस्यमा आरती साह, मोहम्मद सैफअली खान, प्रिया गुप्ता र विजयकुमार साह रहेका छन् । 

एशोशिएसन अफ नेपाल तराई इन् अस्ट्रेलिया(एन्टा) अष्ट्रेलियाको न्युसाउथ वेल्स राज्यमा दर्ता भएको मधेसीहरुको पहिलो र सबैभन्दा पुरानो संस्था हो । 

नव–निर्वाचित अध्यक्ष साहको अष्ट्रेलियाको प्राय सबै राज्यमा व्यापार रहेको छ । उनको क्लिनिङ, कन्स्ट्रक्सन, रेष्टुरेन्ट र हाउजिङको व्यापार रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप