राजनीतिप्रति चासो छ तर आउने योजना छैन : दयाहाङ राई
काठमाडौँ । अभिनेता दयाहाङ राईले आफूलाई राजनीतिप्रति चासो भएपनि भविष्यमा समेत राजनीतिमा आउने कुनै योजना नरहेको बताएका छन् । अभिनभन्दा राजनीति निकै गाह्रो भएको उनको बुझाई छ । उनी भन्छन्, ‘राजनीतिक कहाँ सजिलो छ र ? समाजलाई सही दिशा दिनुपर्ने जिम्मेवारी यसमै जो छ ।’
दयाहाङले थु्रप्रै राजनीतिक बिषयवस्तु माथि निर्माण भएको फिल्म अभिनय गरेका छन् । उनले अभिनय गरेको प्रायः फिल्ममा राजनीति फोहोरी खेल भनेर समेत देखाइएको छ । अहिले पनि उनी अभिनित राजनीतिक बिषयवस्तुमा बनेको फिल्म ‘नाङ्गो गाउँ’ प्रदर्शनमा आउँदैछ । ‘नाङ्गो गाउँ’ मा भने गलत नेता चुन्ने जनता कति सहि भनेर प्रश्न गरिएको दयाहाङले बताए ।
‘फिल्मले जे प्रश्न उठाएको छ । त्यो सबैले बुझे पुग्छ’ दयाहाङले भने ‘फिल्मले नेता र जनता दुवैलाई प्रश्न गर्छ र दुवै पक्षलाई आफूसँग प्रश्न गर्ने अवस्था बनाउछ ।’ चुनाव जिताएर पठाएको नेता इमानदार नहुँदा जनताको राजनीतिप्रति वितृष्णा बढेको उनले महसुस गरेका छन् । फिल्मलाई वर्तमान समयको एउटा अंशको रुपमा ब्याख्या गर्ने दयाहाङ यस अगाडि बनेका राजनीतिक विषयका फिल्मभन्दा ‘नाङ्गो गाउँ’ धेरै फरक रहेको दाबी गर्छन् ।
फिल्ममा दयाहाङले शिक्षण पेशाबाट राजनीतिमा लागेको पात्रको भूमिका निर्वाह गरेका छन् । फिल्मको ट्रेलरमा पनि उनको राजनीतिक गतिविधि देख्न सकिन्छ । फिल्म राजनीतिक भएकोले हेर्न मज्जा नआउने हो कि ? दर्शकको मनमा प्रश्न उब्जन सक्छ । विषय राजनीति भएपनि फिल्म सबै खालको मसलाले भरिएको पूर्ण कर्मसियल रहेको दयाहाङले सुनाए ।
फिल्ममा दयाहाङको जोडी अभिनेत्री मिरुना मगरसँग बाँधिएको छ । यो उनीहरुबीच तेस्रो सहकार्य हो । यसअघि ‘कबड्डी ४’ र ‘जारी’ उनीहरुले हिट दिइसकेका छन् । दीपेन्द्र लामाको लेखन तथा निर्देशन रहेको दयाहाङ र मिरुनाको अलवा साम्राज्ञी आएल शाहको पनि मुख्य भूमिका छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
२ मतको अन्तरले रास्वपा बागमतीको सभापतिमा उत्सव अर्याल विजयी
-
एचआइभी नियन्त्रण र उपचारमा सुधार भए पनि लाञ्छना र विभेद अझै गम्भीर
-
ब्राजिल विरुद्ध मोरक्को : टिम, तथ्यांक र पूर्वानुमान
-
मोहनचन्द्र अधिकारीको ‘जगेडा जिन्दगी’ सार्वजनिक
-
सुदूरपश्चिम प्रदेशसभा : वार्षिक नीति कार्यक्रम पारित
-
धनुषामा राजगुठी सम्पत्तिको अतिक्रमण हटाउन गुठी संस्थानको सूचना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण