ह्यारिस रउफ घाइते भएपछि पाकिस्तान दबाबमा
काठमाडौँ । पाकिस्तानी टोलीका तीव्र गतिका बलर ह्यारिस रउफ घाइते भएका छन् । सोही कारणले २९ वर्षीय रउफ एसिया कप क्रिकेटको ‘सुपर फोर’ चरणको सोमबार खेलिएको भारतविरुद्धको खेलमा मैदानमा देखा परेका छैनन् ।
पाकिस्तान क्रिकेट बोर्डले पनि रउफ घाइते भएको पुष्टि गरेको छ । एसिया कपको आइतबार भएको भारत र पाकिस्तानबीचको खेलमा भने उनी मैदानमा ओर्लिएका थिए । उनले पाँच ओभर बलिङ पनि गरेका थिए । भारत र पाकिस्तानबीचको आइतबारको खेल २४।१ ओभरमा वर्षाका कारण स्थगित भएको थियो । सोही खेल सोमबार पुनः सुरु भएको छ । तर, दायाँ हाते तीव्र गतिका बलर रउफ भने घाइते भएका कारण सोमबारको खेलमा सहभागी छैनन् ।
रउफको चोट कस्तो हो भन्ने विषयमा पीसीबीले थप केही विवरण उपलब्ध गराएको छैन । ‘उनको स्वास्थ्य परीक्षण भइरहेको छ । खासै ठुलो समस्या देखिएको छैन । तर, हामीले जोखिम उठाउन चाहेनौँ,’ पीसीबीले भनेको छ । पाकिस्तानका बलिङ प्रशिक्षक मोर्ने मोर्केलले आइतबार दोस्रो ओभर बलिङ गर्दा रउफको मांसपेशीमा समस्या देखिएको बताएका छन् । उनले एक दिवसीय विश्वकप नजिकै रहेकाले आफूहरूले जोखिम उठाउन नचाहेको पनि उनले बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कतार र स्विट्जरल्यान्डको खेल सुरु
-
सन् २०२२ को प्रदर्शन सुधार्ने कतारको लक्ष्य
-
विश्वकपमा कतार र स्विट्जरल्यान्डको सुखद सुरुवातको खोजी
-
भारतीय पर्यटकलाई पोखरा घुम्ने निम्तो
-
१२ बजे १२ समाचार: कागजात मिलाउन नेताहरूको दौडादौड, राउटे बस्तीमा अनधिकृत प्रवेश रोकिने
-
ढुसीजन्य रोगले धानको बेर्नामा क्षति, किसान चिन्तित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण