शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

ह्यारिस रउफ घाइते भएपछि पाकिस्तान दबाबमा

सोमबार, २५ भदौ २०८०, १७ : ३८
सोमबार, २५ भदौ २०८०

काठमाडौँ । पाकिस्तानी टोलीका तीव्र गतिका बलर ह्यारिस रउफ घाइते भएका छन् । सोही कारणले २९ वर्षीय रउफ एसिया कप क्रिकेटको ‘सुपर फोर’ चरणको सोमबार खेलिएको भारतविरुद्धको खेलमा मैदानमा देखा परेका छैनन् । 

पाकिस्तान क्रिकेट बोर्डले पनि रउफ घाइते भएको पुष्टि गरेको छ । एसिया कपको आइतबार भएको भारत र पाकिस्तानबीचको खेलमा भने उनी मैदानमा ओर्लिएका थिए । उनले पाँच ओभर बलिङ पनि गरेका थिए ।  भारत र पाकिस्तानबीचको आइतबारको खेल २४।१ ओभरमा वर्षाका कारण स्थगित भएको थियो । सोही खेल सोमबार पुनः सुरु भएको छ । तर, दायाँ हाते तीव्र गतिका बलर रउफ भने घाइते भएका कारण सोमबारको खेलमा सहभागी छैनन् । 

रउफको चोट कस्तो हो भन्ने विषयमा पीसीबीले थप केही विवरण उपलब्ध गराएको छैन । ‘उनको स्वास्थ्य परीक्षण भइरहेको छ । खासै ठुलो समस्या देखिएको छैन । तर, हामीले जोखिम उठाउन चाहेनौँ,’ पीसीबीले भनेको छ ।  पाकिस्तानका बलिङ प्रशिक्षक मोर्ने मोर्केलले आइतबार दोस्रो ओभर बलिङ गर्दा रउफको मांसपेशीमा समस्या देखिएको बताएका छन् । उनले एक दिवसीय विश्वकप नजिकै रहेकाले आफूहरूले जोखिम उठाउन नचाहेको पनि उनले बताएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप