कोहली र केएलसामु निरीह बन्यो पाकिस्तान

काठमाडौँ । विराट कोहली र के एल राहुलको उत्कृष्ट ब्याटिङको मद्दतले भारतले पाकिस्तानसामु ३ सय ५७ रनको लक्ष्य प्रस्तुत गरेको छ । सुपर फोर अन्तरगत रिजर्भ डेको खेलमा भारतले २ विकेटको क्षतिमा ३ सय ५६ रन बनाएको हो ।
राहुल र कोहली दुवैले शतक बनाउँदै दोहोरो शतकीय साझेदारी गरे । राहुलले १०६ बलमा १ सय ११ रन बनाए । उनले १२ चौका र दुई छक्का हिर्काए ।
कोहलीले ९४ बल १ सय २२ रनको शानदार पारी खेले । उनले ९ चौका र ३ छक्का हिर्काए । कोहलीको यो ४७ औँ एकदिवसीय शतक थियो । उनले कूल ७७ शतक बनाइसकेका छन् ।
त्यस्तै, कोहली एकदिवसीय खेलमा १३ हजार रन पुरा गर्ने पाँचौँ खेलाडी पनि बनेका छन् । इनिङका हिसाबले उनले सबैभन्दा चाँडो यो उपलब्धि हासिल गर्न सफल भएका हुन् ।
ह्यारिस राउफ घाइते भएपछि पाकिस्तान सोमबारको खेलमा सुरुदेखि दबाबमा परेको थियो । टोलीका लागि शाहीन शाह अफ्रिदी र शहदाब खानले मात्र १–१ विकेट लिए ।
यसअघि आइतबारको खेलमा कप्तान रोहित शर्मा र शुभमन गिलले शतकीय साझेदारी गर्दै भारतलाई उत्कृष्ट सुरुवात गरेका थिए । १२१ रनको सीमितमा शर्मा ५६ रन बनाउँदै शहदाब खानको बलमा आउट भए भने गिल पनि लगत्तै शाहीन शाह अफ्रिदीको शिकार बने । आउट हुन अघि उनले ५८ रन बनाए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रपतिद्वारा बौद्ध स्तूपामा पूजा, तस्बिरहरू
-
छत्तीसगढमा सडक दुर्घटना, १३ जनाको मृत्यु
-
दिल्ली क्यापिटल्सलाई झट्का, आईपीएलको बाँकी खेल खेल्न स्टार्क नफर्कने
-
बुद्ध जयन्तीको अवसरमा प्रधानमन्त्री लुम्बिनी आउँदै
-
पाकिस्तानी सेनाद्वारा आफ्नो एउटा विमानमा 'सामान्य क्षति' भएको स्वीकार
-
सेयर बजारले खोजेको गभर्नर कस्तो ?