कोहली र केएलसामु निरीह बन्यो पाकिस्तान
काठमाडौँ । विराट कोहली र के एल राहुलको उत्कृष्ट ब्याटिङको मद्दतले भारतले पाकिस्तानसामु ३ सय ५७ रनको लक्ष्य प्रस्तुत गरेको छ । सुपर फोर अन्तरगत रिजर्भ डेको खेलमा भारतले २ विकेटको क्षतिमा ३ सय ५६ रन बनाएको हो ।
राहुल र कोहली दुवैले शतक बनाउँदै दोहोरो शतकीय साझेदारी गरे । राहुलले १०६ बलमा १ सय ११ रन बनाए । उनले १२ चौका र दुई छक्का हिर्काए ।

कोहलीले ९४ बल १ सय २२ रनको शानदार पारी खेले । उनले ९ चौका र ३ छक्का हिर्काए । कोहलीको यो ४७ औँ एकदिवसीय शतक थियो । उनले कूल ७७ शतक बनाइसकेका छन् ।
त्यस्तै, कोहली एकदिवसीय खेलमा १३ हजार रन पुरा गर्ने पाँचौँ खेलाडी पनि बनेका छन् । इनिङका हिसाबले उनले सबैभन्दा चाँडो यो उपलब्धि हासिल गर्न सफल भएका हुन् ।
ह्यारिस राउफ घाइते भएपछि पाकिस्तान सोमबारको खेलमा सुरुदेखि दबाबमा परेको थियो । टोलीका लागि शाहीन शाह अफ्रिदी र शहदाब खानले मात्र १–१ विकेट लिए ।
यसअघि आइतबारको खेलमा कप्तान रोहित शर्मा र शुभमन गिलले शतकीय साझेदारी गर्दै भारतलाई उत्कृष्ट सुरुवात गरेका थिए । १२१ रनको सीमितमा शर्मा ५६ रन बनाउँदै शहदाब खानको बलमा आउट भए भने गिल पनि लगत्तै शाहीन शाह अफ्रिदीको शिकार बने । आउट हुन अघि उनले ५८ रन बनाए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पुटिनलाई कूटनीति छाडेर आणविक हतियार चलाउन दबाब
-
अरनिको राजमार्ग असार २२ गतेदेखि १५ दिन राति बन्द गरिने
-
‘डिजिटल सर्भिस ट्याक्स’ विवाद: युरोपबाट आउने सामानमा शतप्रतिशत कर लगाउने ट्रम्पको उद्घोष
-
मैदान छोडेर भाग्नेहरूप्रति मेरो कुनै टिप्पणी छैन : राजेन्द्र लिङ्देन
-
को–को भिड्दैछन् नकआउट चरणमा ? कसको सम्भावना कति ?
-
ठुला टोलीलाई ‘अन्डरडग’को झट्का : स्पेनदेखि इंग्ल्याण्डसम्म कसरी फसे रणनीतिक जालमा?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण