शिल्पी थिएटरमा आजबाट नाटक ‘ह राम पण्डित’ मञ्चन हुने
काठमाडौँ । बत्तीसपुतलीस्थित शिल्पी थिएटरमा आज बुधबारबाट नाटक ‘ह राम पण्डित’ मञ्चन हुने भएको छ । बारत लिम्बूको निर्देशन रहेको नाटक आजै साँझ ५ बजे उद्घाटनसहित मञ्चन सुरु हुने बत्तीसपुतलीस्थित शिल्पी थिएटरले जनाएको छ । नाटक १३ असोजसम्म प्रत्येक दिन नियमित मञ्चन हुनेछ ।
दैलो प्रोडक्सनको प्रस्तुति र भैरव पुरस्कार गुठीको सहकार्य रहेको नाटकमा श्रवण राना मगर, विकास जोशी, सवीर चुरौटे, सविन कट्टेल, निल्सन राई, रोशन, सन्तोष गिरी, रोशन लोहोरुङ राई, उज्ज्वल राई, सुनिल राई, सम्झना राई, क्षितिज सन्तोष माझी कलाकारको रुपमा छन् ।
नाटकमा प्रत्यक्ष संगीत नरेश गजुरेल र अर्पन महर्जनको रहनेछ भने र सेट निर्माण हुम बि.सि र सेट डिजाइनिङ प्रविण खतिवडाको रहेको छन् । हास्यव्यंगयका बादशाह मानिने स्व.भैरव अर्यालको लेखन रहेको काउकुती, जय भुँडी, इतिश्री निबन्ध संग्रह भित्रको निबन्धकै आधारमा रहेर नाटक तयार पारिएको निर्देशक लिम्बूले बताए ।
मानिस मरेपछि उसले जीवनमा गरेका कामको आधारमा उसको मृत्युपछि स्वर्ग वा नरकमा स्थायी रूपले जानुपर्ने कुरा हिन्दु धर्ममा रहेको लोक विश्वास नाटकले प्रस्तुत गर्छ । ‘मानिस मरेपछि पनि कसरी उसको पाप र धर्मको लेखाजोखा हुन्छ, कस कसले यो काममा प्रत्यक्ष वा अप्रत्यक्ष भूमिका खेल्छन् यो प्रणालीमा कसरी मृतकले विशेष गरी चित्र गुप्तको कार्यालयमा प्रशासनिक रूपमा जे जस्ता झन्झट झमेलाको सामना गर्छ यिनै कुरालाई नाटकमा प्रस्तुत गरिएको छ,’ निर्देशक लिम्बुले भने ।
विशेष गरी नेपाली समाजमा सर्वसाधारणले सरकारी कार्यालयका कर्मचारीहरूबाट साना तिना कुरामा पनि ठुला समस्या र झन्झट व्यहोर्छन् । नजराना, घुस, रिसवत जस्ता चिज नदिएसम्म कुनै काम बन्दैन, कर्मचारीहरूको हप्काइ खानुपर्छ । त्यसैगरी चित्र गुप्तको कार्यालयमा पुगेको मृतक पावले पनि चित्रगुप्त कार्यालयको कारिन्दालाई क्राइभेन कोसेली दिन नसक्दा उसको नामको तहकिकात नहुनु र धर्म र पाप कुनै नगरी मरेको आरोपमा उ पृथ्वीमै फर्कनु परेको रोचक तथ्य यस नाटकमा रहेको बताइन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सयौँ युवालाई ‘सहजकर्ता’ नियुक्त गर्दै सरकार, कार्यविधि अन्तिम चरणमा
-
खैरो हिरोइनसहित बिर्तामोडबाट एक जना पक्राउ
-
लागूऔषधसहित १३ जना पक्राउ
-
छोटो समयमा नै बालेन सरकारप्रति जनतामा निराशा चुलियो : प्रभु साह
-
बस्ती खाली गराउने क्रममा भएका त्रुटिलाई सरकारले सच्याउनुपर्छ : गगन थापा
-
भारतले सीमावर्ती क्षेत्रको जनसङ्ख्याको अवस्थाबारे अध्ययन गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण