तीजको पूर्व सन्ध्यामा अर्घाखाँची समाज जापानको शुभकामना आदानप्रदान
जापान । अर्घाखाँची समाज जापानले हरितालिका तीजको पूर्व सन्ध्यामा शुभकामना आदानप्रदान एवम् दरखाने कार्यक्रम सम्पन्न गरेको छ । शुक्रबार अर्घाखाँची जिल्लाबाट बिभिन्न पेशा व्यावसायमा आवद्ध झन्डै २०० जनाको उपस्थिति शुभकामना आदानप्रदान कार्यक्रम सम्पन भएको हो ।
शुभकामना आदानप्रदान कार्यक्रममा नेपालका पहिलो महिला रेसलर भगवती खड़कालाई सम्मान गरिएको थियो भने कलाकार चेतन घर्तीमगरले गीतमार्फ़त मनोरञ्जन प्रदान गरेका थिए । कार्यक्रममा सहभागी महिला दिदी बैनीहरुले मौलिक भाकामा तीज गीत प्रस्तुत गरेका थिए ।

कार्यक्रममा पत्रकार महासंघ जापानका अध्यक्ष शान्त पहरी,अर्घाखाँची जिल्ला घर भै हाल विद्यावारिधिको शिलशिलामा जापानमा रहेका नेपाल सरकारका सह–सचिव शेषनारायण पौड्याल, नेपाल सरकारका उपसचिव श्रीधर गौतम, समाजका सल्लाकार बाबूराम पौड्याल, इन्दिरा खनाल लगायतको आतिथ्यता रहेको थियो ।
समाजका अध्यक्ष दीपक थापाको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन समाजका सचिव अर्जुन आचार्यले गरेका थिए।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मोहनचन्द्र अधिकारीको ‘जगेडा जिन्दगी’ सार्वजनिक
-
सुदूरपश्चिम प्रदेशसभा : वार्षिक नीति कार्यक्रम पारित
-
धनुषामा राजगुठी सम्पत्तिको अतिक्रमण हटाउन गुठी संस्थानको सूचना
-
सन् २०२२ देखि युक्रेनको सार्वजनिक ऋण ११० अर्ब अमेरिकी डलरभन्दा बढीले वृद्धि
-
१० बजे १० समाचार : कांग्रेसमा सदस्यता अद्यावधिकको समयसीमा थप, एउटा लिंकले रित्यायो २५ लाख
-
बङ्गलादेशमा मे महिनामा यातायातसम्बन्धी दुर्घटनाबाट ६७१ जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण