फरक क्षमता भएका महिला सदस्यहरूसहित केएफसी रेष्टुरेन्ट सञ्चालनमा
काठमाडौँ । सेप्टेम्बर २३ मा मनाइने अन्तर्राष्ट्रिय साङ्केतिक भाषा दिवसको अवसरमा देवयानी इन्टरनेशनल नेपाल प्रा. लि. ले विशेष रूपमा बोल्ने र श्रवण–शक्ति नभएका महिला सदस्यद्वारा सञ्चालित नेपालको पहिलो विशेष केएफसी सञ्चालनमा ल्याएको छ ।
रेस्टुरेन्टमा त्यस्ता फरक क्षमता भएका जोसपूर्ण र समर्पित महिलाहरूको टोली सम्पूर्ण रेस्टुरेन्ट व्यवस्थापन गर्न सीपहरूले प्रशिक्षित छ । व्यापक प्रशिक्षणको साथ, केएफसीले ग्राहकहरूलाई यस विशेष टोलीद्वारा सेवा दिने सुनिश्चित गरेको छ ।
केएफसी इन्डिया र नेपालका सी.ई.ओ, रजत लुथराले बोल्ने र श्रवणशक्ति नभएका महिलाहरूद्वारा सञ्चालित पहिलो केएफसी रेस्टुरेन्ट खोल्ने पहलमा खुसी व्यक्त गरे र परिवर्तनकारी प्रभावमा आफ्नो अटल सहयोगको वाचा गरे । अन्तर्राष्ट्रिय साङ्केतिक भाषा दिवस मनाउँदै देवयानी इन्टरनेशनल लिमिटेडले विशेष रूपमा बोल्ने र सुन्ने क्षमता नभएका व्यक्तिहरूका लागि रोजगारीका अवसरहरू विस्तार गर्ने र आगामी वर्षहरूमा त्यस्ता रेस्टुरेन्टहरू थप्ने उनले वाचा पनि गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वकप २०२६ को समूह चरणपछि को कति शक्तिशाली ?
-
पोखराका दुई उत्कृष्ट किसान सम्मानित
-
गण्डकीको बजेट पारित, ३३ अर्बमा कुन मन्त्रालयलाई कति बजेट ?
-
‘द चेक रिपब्लिक’मा ४१ दशमलव १० डिग्री सेल्सियस तापक्रमको नयाँ कीर्तिमान
-
ड्रागन फ्रुट महोत्सव : १० मेट्रिकटन बिक्री, २५ लाखको कारोबार
-
चट्याङ लागेर एक महिलाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण