बागमती एमालेले भन्यो– नेताहरु काठमाडौँमा बस्ने प्रवृत्तिले समस्या बढ्यो
काठमाडौँ । नेकपा एमाले बागमती प्रदेशले भूगोल कमिटीमा रहेका नेताहरु अधिकांश समय काठमाडौँ उपत्यकामै बस्दा समस्या भएको निष्कर्ष निकालेको छ ।
प्रदेश कमिटी अध्यक्ष केशवराज पाण्डेले प्रथम अधिवेशनमा पेश गरेको प्रतिवेदनमा पार्टीभित्रका समस्या औँल्याइएको छ । पाण्डेको प्रतिवेदनमा १८ समस्या बुँदागत रुपमा समेटिएको छ ।
जसमा पार्टी कमिटीहरु ठुला भएका कारण बैठकमा कोरम नपुग्ने, कार्यायोजना नबन्नेदेखि कमिटीमा दोहोरो छलफल नै हुन छाडेको उल्लेख छ । त्यस्तै युवा पुस्तामा पार्टी आकर्षण कमजोर रहेकाले आन्दोलनका आगामी दिनहरु चुनौतीपूर्ण रहेको भन्दै राजनीतिक वैचारिक प्रशिक्षणको अभावमा पार्टी पंक्तिमा दिशाहीन बन्ने खतरा रहेको पनि उल्लेख छ ।
त्यसैगरी प्राय कमिटीहरु माथि र निर्देशनमुखी हुँदा आफै योजना बनाएर परिचालित हुने अवस्था अत्यन्त कमजोर हुँदै गएको पनि समस्याका रुपमा देखाएको छ ।
‘कार्यकर्तामा योग्यता, क्षमता, क्रियाशीलता, इमान्दारिता र जनाधारभन्दा नेतृत्वसँग नजिकिएर लाभ लिन खोज्ने प्रवृत्ति बढ्दो छ’, प्रतिवेदनमा भनिएको छ, ‘उपत्यका बाहिरका कतिपय भूगोल, कमिटी रहेका कमरेडहरु अधिकांश समय उपत्यकामा बस्ने, एउटा बैठकदेखि अर्को बैठकसम्म र एउटा अधिवेशनदेखि अर्को अधिवेशनमा मात्र उपस्थित हुने प्रवृत्तिले पार्टी काममा नकारात्मक प्रभाव परेको छ ।’


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वीरगन्जका मेयर राजेशमानसहित ७ जनाविरुद्ध मुद्दा दायर
-
इरानसँग लामो सैन्य भिडन्तको तयारीमा इजरायल
-
नेतन्याहूले बोलाए सुरक्षा मन्त्रिपरिषद्को बैठक
-
अन्तरसरकारी वित्तीय हस्तान्तरणमार्फत कुन प्रदेशले कति पाए रकम ? (विवरणसहित)
-
अर्थमन्त्रीलाई अर्यालको प्रश्न : संसद्मा एउटा र मन्त्रालयमा अर्को अङ्क राखेर कसको स्वार्थ पूरा गरियो ?
-
कुन प्रदेश र स्थानीय तहलाई कति वित्तीय हस्तान्तरण ? (सूचीसहित)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण