आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

वृज ग्लास उद्योगः  दैनिक १२,००० वर्गफिट सिसा उत्पादनको क्षमता

शुक्रबार, १२ असोज २०८०, १६ : ४४
शुक्रबार, १२ असोज २०८०

काठमाडौँ । केडिया अर्गनाइजेशन अन्तर्गत रहेको वृज सेफ्टी ग्लास उद्योग नेपालको सिसा प्रशोधन क्षेत्रमा उत्कृष्टताको पर्यायको रूपमा रहँदै आएको छ । सन् २०१९ मा स्थापित कम्पनीले गुणस्तर, शिल्पकौशल र अनुपम ग्राहक अनुभवका लागि कमाउँदै द्रुत रूपमा अगाडि बढ्दै आएको छ । 

वृज सेफ्टी ग्लास उद्योग आफ्ना उच्चस्तरीय उत्पादन र बेजोड सीपका साथ आज सिङ्गो क्षेत्रकै मानकको रूपमा उभिएको छ । विभिन्न आकार, मोटाइ तथा जीवन्त रङ्गहरूमा toughened glass, laminated glass, tinted glass, insulated glass र reflective glass जस्ता सिसा उपलब्ध गराउँदै कम्पनीले आवासीय, व्यावसायिक, संस्थागत तथा औद्योगिक परियोजनाहरूको संरचनागत तथा सजावट आवश्यकताहरू पूर्ति गर्दै आइरहेको छ ।

वृज सेफ्टी ग्लास उद्योगको सफलताको केन्द्रमा भने यसको अत्याधुनिक प्रशोधन प्लान्ट नै रहेको कम्पनीको भनाइ छ ।  नेपालमै सबैभन्दा ठूलो दैनिक १२,००० वर्ग फीट सिसा उत्पादन गर्ने क्षमता कम्पनीको रहेको छ । 

 कम्पनीका सबै उपकरणहरू यूरो मापदण्ड अनुसारका छन् छन् सीई प्रमाणित पनि छन् । यसले गर्दा वृज सेफ्टी ग्लासका हरेक उत्पादन अन्तर्राष्ट्रियस्तरको हुनेमा ढुक्क हुन सकिने कम्पनीको भनाइ छ । 
हालै वृज सेफ्टी ग्लासले आफ्नो पहिलेदेखि नै प्रख्यात र प्रभावशाली उद्योगमा ल्यामिनेशन प्लान्ट थपेको छ, जसले गर्दा यो अन्य कम्पनीभन्दा बढी र उच्च गुणस्तरको सेवा प्रदान गर्न र बजारको बढ्दो माग पूर्ति गर्न झन् सक्षम बनेका जनाएको छ । 

अध्यक्ष मनोज केडिया, निर्देशकहरू गौरव अग्रवाल, अजय गुप्ता र सतीश केडिया, र प्रबन्ध निर्देशक सत्यम केडियाको दूरदर्शी नेतृत्वमा वृज सेफ्टी ग्लास उद्योगले व्यापार सफलताका साथै राष्ट्रको विकास प्रतिको आफ्नो प्रतिबद्धतालाई पनि निरन्तरता दिइरहेको कम्पनीले जारी गरेको प्रेस नोटमा उल्लेख छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप