राजनीति
एमाले बागमतीको निर्वाचनमा ११३१ मत खस्यो
शुक्रबार, १२ असोज २०८०, २० : ३२
काठमाडौँ । एमाले बागमती प्रदेशको निर्वाचनमा कुल ११३१ मत खसेको छ । शुक्रबार राति सम्पन्न मतदानमा कुल ११६९ मध्ये ११३१ मत खसेको हो ।
पार्टी कार्यालय च्यासलमा शुक्रबार दिउँसोदेखि मतदान सुरु भएको थियो । मुख्य निर्वाचन अधिकृत डिल्ली मैनालीले निर्वाचनबाट पाँच पदाधिकारीसहितका २४५ निर्वाचित हुने जानकारी दिए ।
बागमतीको अध्यक्षमा केन्द्रीय सदस्यहरू कृष्णप्रसाद दाहाल र कैलाश ढुंगेल प्रतिस्पर्धामा छन् । त्यसैगरी उपाध्यक्षमा ईश्वरचन्द्र पोखरेल, दावादोर्जे लामा, नारायण खतिवडा र सुभाषचन्द्र ठकुरी प्रतिस्पर्धामा रहेका छन् ।
अब दुई घण्टापछि मतगणना सुरु हुने बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुकुमबासी बस्ती हटाएपछि बन्दैछ खुला पार्क र कोरिडोर, ३ अर्ब बजेट प्रस्ताव
-
कतै वर्षा त कतै चर्को घाम : भैरहवा र जनकपुरमा अधिकतम तापक्रम ३८ डिग्री पुग्ने
-
अवैध रूपमा नेपाल छिर्दै गरेका एक बङ्गलादेशी नागरिक पक्राउ
-
स्वयम्भू महाचैत्यको गुम्बजबाट वर्षौँदेखि जमेको चुना हटाइँदै (तस्बिरहरू)
-
एक्काइस किलो गाँजासहित एक जना पक्राउ
-
परराष्ट्रमन्त्री खनाल चीन प्रस्थान, यस्तो छ भ्रमण कार्यतालिका
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण