सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय
राजनीति

एमाले बागमतीको निर्वाचनमा ११३१ मत खस्यो

शुक्रबार, १२ असोज २०८०, २० : ३२
शुक्रबार, १२ असोज २०८०

काठमाडौँ । एमाले बागमती प्रदेशको निर्वाचनमा कुल ११३१ मत खसेको छ । शुक्रबार राति सम्पन्न मतदानमा कुल ११६९ मध्ये ११३१ मत खसेको हो ।

पार्टी कार्यालय च्यासलमा शुक्रबार दिउँसोदेखि मतदान सुरु भएको थियो । मुख्य निर्वाचन अधिकृत डिल्ली मैनालीले निर्वाचनबाट पाँच पदाधिकारीसहितका २४५ निर्वाचित हुने जानकारी दिए । 

बागमतीको अध्यक्षमा केन्द्रीय सदस्यहरू कृष्णप्रसाद दाहाल र कैलाश ढुंगेल प्रतिस्पर्धामा छन् । त्यसैगरी उपाध्यक्षमा ईश्वरचन्द्र पोखरेल, दावादोर्जे लामा, नारायण खतिवडा र सुभाषचन्द्र ठकुरी प्रतिस्पर्धामा रहेका छन् ।

अब दुई घण्टापछि मतगणना सुरु हुने बताइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप