सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय
एमाले बागमती अधिवेशन

एमाले बागमती प्रदेशको अध्यक्षमा ओली पक्षीय ढुंगेलको अग्रता

शुक्रबार, १२ असोज २०८०, २२ : ५६
शुक्रबार, १२ असोज २०८०

काठमाडौँ । नेकपा एमाले बागमती प्रदेश अध्यक्षमा कैलाश ढुंगेलले अग्रता बनाएका छन् । उनी एमाले अध्यक्ष केपी ओली निकटका हुन् । 

सार्वजनिक मतपरिणामअनुसार ढुंगेलले १७२ मतका साथ अग्रता बनाएका हुन् । यस्तै अध्यक्षका अर्का उम्मेदवार कृष्ण दहालले १३२ मत पाएका छन् । 

यस्तै उपाध्यक्षमा दावा दोर्जे लामा, सचिवमा नवराज सिलवालले अग्रता बनाएको निर्वाचन समितिले जनाएको छ। मतदानमा कुल ११३५ मत खसेको बताइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप