सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय
एमाले बागमती अधिवेशन

ओली पक्षका कैलाशको १३० मतको अग्रता

शुक्रबार, १२ असोज २०८०, २३ : ११
शुक्रबार, १२ असोज २०८०

काठमाडौँ । नेकपा एमाले बागमती प्रदेशको जारी मतगणनामा अध्यक्षका उम्मेदवार कैलाश ढुंगेलले १३० मतको अग्रता बनाएका छन् । ५८२ मत गणना सकिँदा ढुंगेलले ३५६ मतका साथ अग्रता बनाएका हुन् ।

यसैगरी अर्का उम्मेदवार कृष्ण दाहालले २२६ मत पाएका छन् । ढुंगेल एमाले अध्यक्ष केपी ओली निकट मानिन्छन् भने दाहाल इतर पक्षका मानिन्छन् ।  यसैगरी सचिवका उम्मेदवार नवराज सिलवाल २९८ मत पाउँदा हस्त पण्डितले  २८४ मत पाएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप