सवारी लाइसेन्स घोटाला प्रकरणमा बुटवल यातायातका अधिकृत पक्राउ
सोमबार, १७ वैशाख २०८१, २० : २९
काठमाडौँ । सवारी लाइसेन्स घोटाला प्रकरणमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले थप १ जनालाई पक्राउ गरेको छ । यातायात व्यवस्था कार्यालय बुटवलमा कार्यरत नारायणप्रसाद पाण्डेलाई पक्राउ गरिएको ब्युरोका सूचना अधिकारी (एसपी) होबिन्द्र बोगटीले रातोपाटीलाई बताए ।
पाण्डे आईटी अधिकृत हुन् । यसअघि ब्यूरोले संचार मन्त्रालयमा कार्यरत आइटी अधिकृत सुरज प्रकाश अर्याल र यातायात व्यवस्था विभागका पूर्व करारका कर्मचारी हरिश भट्टलाई पक्राउ गरेको थियो ।
यातायात व्यवस्था विभागमा कार्यरत रहँदा उनीहरूले फर्जी लाइसेन्स बनाएर बेचेको आरोप छ । उनीहरुविरुद्ध लिखत किर्ते सम्बन्धी कसूरमा म्याद लिएर प्रहरीले अनुसन्धान गरिरहेको छ ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण