सवारी लाइसेन्स घोटाला प्रकरणमा बुटवल यातायातका अधिकृत पक्राउ
सोमबार, १७ वैशाख २०८१, २० : २९

काठमाडौँ । सवारी लाइसेन्स घोटाला प्रकरणमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले थप १ जनालाई पक्राउ गरेको छ । यातायात व्यवस्था कार्यालय बुटवलमा कार्यरत नारायणप्रसाद पाण्डेलाई पक्राउ गरिएको ब्युरोका सूचना अधिकारी (एसपी) होबिन्द्र बोगटीले रातोपाटीलाई बताए ।
पाण्डे आईटी अधिकृत हुन् । यसअघि ब्यूरोले संचार मन्त्रालयमा कार्यरत आइटी अधिकृत सुरज प्रकाश अर्याल र यातायात व्यवस्था विभागका पूर्व करारका कर्मचारी हरिश भट्टलाई पक्राउ गरेको थियो ।
यातायात व्यवस्था विभागमा कार्यरत रहँदा उनीहरूले फर्जी लाइसेन्स बनाएर बेचेको आरोप छ । उनीहरुविरुद्ध लिखत किर्ते सम्बन्धी कसूरमा म्याद लिएर प्रहरीले अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वाईसीएलकाे तेस्रो राष्ट्रिय सम्मेलनमा जुटेन सहमति, शुक्रबार निर्वाचन हुने
-
तीनकुने प्रकरणमा १५ जना सरकारी वकिलले बहस गरे
-
‘जन्ते बाख्रो’ लाई देशभर कति शो ?
-
मुख्यमन्त्री सिंहसँग एडीबी टोलीको भेट
-
कर्णालीमा बजेट निर्माण : १० दिनअघिनै मन्त्रालयमा प्रवेश निषेध भएको भन्दै एमालेकै नेतृको कडा आपत्ति
-
भागबन्डामा उच्च बार पोखरा, शालिग्राम सर्वसम्मत