गाजा युद्ध : यमनले कन्टेनर जहाजमा हान्यो मिसाइल
सोमबार, १७ वैशाख २०८१, २० : ३३
काठमाडौँ । यमनको दक्षिण–पश्चिम तटमा माल्टाको झण्डा भएको कन्टेनर जहाजमाथि तीनवटा मिसाइलले प्रहार भएको छ । खबरका अनुसार यस आक्रमणमा कोही पनि घाइते भएका छैनन् ।
ग्लोबल मेरिटाइम सेक्युरिटी एजेन्सी एम्ब्रेका अनुसार यो जहाज साउदी अरेबियाको जेद्दा सहर जाँदै थियो । जहाजसम्बद्ध कम्पनीले इजरायलसँग व्यापार गर्ने भएकाले यसलाई निशाना बनाइएको हुनसक्ने अनुमान गरिएको छ ।
गाजामा द्वन्द्व सुरु भएदेखि यमनमा इरान समर्थित हुथी विद्रोहीहरूले इजरायलसँग सम्बन्धित जहाजहरूलाई निशाना बनाउँदै आएका छन् । हुथी विद्रोहीहरूले हालैका दिनहरूमा कयौँ जहाजमाथि मिसाइल र ड्रोनहरू प्रहार गरिरहेका छन् । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले इरानलाई क्षेत्रीय सुरक्षाका लागि सबैभन्दा ठुलो खतरा भएको बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण