गाजा युद्ध : यमनले कन्टेनर जहाजमा हान्यो मिसाइल
सोमबार, १७ वैशाख २०८१, २० : ३३

काठमाडौँ । यमनको दक्षिण–पश्चिम तटमा माल्टाको झण्डा भएको कन्टेनर जहाजमाथि तीनवटा मिसाइलले प्रहार भएको छ । खबरका अनुसार यस आक्रमणमा कोही पनि घाइते भएका छैनन् ।
ग्लोबल मेरिटाइम सेक्युरिटी एजेन्सी एम्ब्रेका अनुसार यो जहाज साउदी अरेबियाको जेद्दा सहर जाँदै थियो । जहाजसम्बद्ध कम्पनीले इजरायलसँग व्यापार गर्ने भएकाले यसलाई निशाना बनाइएको हुनसक्ने अनुमान गरिएको छ ।
गाजामा द्वन्द्व सुरु भएदेखि यमनमा इरान समर्थित हुथी विद्रोहीहरूले इजरायलसँग सम्बन्धित जहाजहरूलाई निशाना बनाउँदै आएका छन् । हुथी विद्रोहीहरूले हालैका दिनहरूमा कयौँ जहाजमाथि मिसाइल र ड्रोनहरू प्रहार गरिरहेका छन् । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले इरानलाई क्षेत्रीय सुरक्षाका लागि सबैभन्दा ठुलो खतरा भएको बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री पत्नीले भनिन्– म राजनीतिमा आउँछु कि भनेर कसैले चिन्ता लिनु पर्दैन
-
किन चीन भ्रमणमा जाँदैछिन् पूर्वराष्ट्रपति भण्डारी ?
-
पोर्चुगलका लागि रोनाल्डोका छोराको पहिलो गोल, पिताकै शैलीमा खुसीयाली
-
सिंहदरबारमा आउन थाल्यो मेलम्चीको खानेपानी, बोतल र जारको पानी विस्थापन
-
एसियाली मुलुकमा फेरि फैलिँदै कोभिड–१९
-
अत्यावश्यक वस्तुको व्यापार र आपूर्तिमा साल्ट ट्रेडिङको महत्त्वपूर्ण योगदान : मन्त्री भण्डारी