पानीट्याङ्की युवा समूहद्वारा बाजुराको स्वामी कार्तिक गाउँपालिकाका ५ वडालाई २० वटा स्ट्रेचर हस्तान्तरण
_tQ3d4lBInY.jpg)
काठमाडौँ । काठमाडौँको चुच्चे पाटी महांकालमा रहेको पानी ट्याङ्की युवा समूहले बाजुराको स्वामी कार्तिक गाउँपालिकाका ५ वटा वडाका लागि २० थान स्ट्रेचर हस्तान्तरण गरेको छ ।
शनिवार बिहान महांकाल पार्कमा गरिएको एक समारोहका बीच पानी ट्याङ्की युवा समूहका अध्यक्ष उमेश सापकोटाले स्वामी कार्तिक गाउँपालिकाका स्थानीय गणेश कडारालाई स्ट्रेचरहरु हस्तान्तरण गरेका छन् ।
बाजुराको दुर्गम क्षेत्रमा रहेको सो गाउँपालिकामा बिरामी, घाइतेहरूलाई अस्पताल लैजानका लागि सहयोग पुर्याउने उद्देश्यले सो सहयोग गरिएको उनले बताए ।
सो गाउँपालिकामा बिरामी घाइतेलाई अस्पताल लैजान स्ट्रेचर समेत नभएको थाहा पाएपछि २ हप्तादेखि आफन्त, चिनजानका साथीभाइ बीचबाट आर्थिक सहयोग जुटाएर सो सहयोग गरिएको उनले बताए ।
कार्यक्रममा उनले भने– ‘हामी काठमाडौँमा जन्मिएको बसेको मान्छेका लागि स्टेचर सामान्य लागे पनि दुर्गम क्षेत्रमा बिरामीलाई यो सहयोगी माध्यम हुन्छ । बाजुरामा स्वास्थ्य सेवा लिन कठिन भएको ठाउँमा, दुर्गम गाउँबाट बिरामी तथा दुर्घटनामा परेका घाइतेलाई केही सहयोगी हुन्छ भनेर दुई हप्ताको प्रयासमा हामीले यो सहयोग गरेका हौँ । आगामी दिनमा पनि अप्ठेरोमा परेका व्यक्तिहरूलाई यसरी नै सहयोग गर्दै जाने हाम्रो समूहको उद्देश्य रहेको छ ।’
स्ट्रेचर ग्रहण गरेपछि स्वामी कार्तिक गाउँपालिकाका स्थानीय गणेश कडाराले राज्यले नहेरेको बाजुराका दुर्गम क्षेत्रका लागि स्ट्रेचर सहयोग गरेको धन्यवाद दिँदै सम्बन्धित क्षेत्रमा पुर्याइदिने बताए ।
बाजुरामा भीरबाट लडेर घाइते भएकाहरू, बिरामीहरूलाई डोकोमा बोकेर अस्पताल लैजानुपर्ने अवस्था रहेकोले पानी ट्याङ्की युवा समूहलाई स्टेचर सहयोगका लागि कुरा गरेकोमा समूहले उपलब्ध गराएको धन्यवाद व्यक्त गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्थापनाको ९ वर्षसम्म बनेन पालिकाको आफ्नै घर, भाडामै सकियो ६० लाख
-
१२ बजे, १२ समाचार : काठमाडौंका दुई निजी विद्यालयमा छापादेखि बालेनसँगको लफडाले काठमाडौंबाट हात झिक्दै सडक विभागसम्म
-
सिरियामा चार दिनदेखि डढेलो, नियन्त्रणमा चुनौती
-
एकीकृत समाजवादीको झापा अध्यक्षमा भट्टराई
-
बनेपामा आजदेखि ऐतिहासिक चण्डेश्वरी जात्रा
-
गर्मी बढेसँगै सर्पको बिगबिगी