बाबुरामको प्रश्न– ‘क्रान्तिको नेतृत्व गर्नेहरू सिंहदरबार र बालुवाटार बस्दैमा चटक्कै बिर्सन कसरी सक्छन् ?’
काठमाडौँ । नेपाल समाजवादी पार्टीका अध्यक्ष डा.बाबुराम भट्टराईले चाडबाडको मुखमा पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेर सरकार जनताप्रति असंवेदनशील बनेको बताएका छन् । जनताको घर दैलोमा बसेर क्रान्तिको नेतृत्व गर्नेहरू केही वर्ष सिंहदरबार र बालुवाटारमा बस्दैमा जनताको चुलो कसरी बल्छ भन्ने चटक्कै बिर्सन कसरी सक्छन् भन्दै डा.भट्टराईले प्रश्न समेत तेर्स्याएका छन् ।
विशिष्ट अवस्थामा अन्यत्रको खर्च कटाएर पनि आम जनतालाई सिधै मर्का पर्ने र सबैतिर मूल्यवृद्धि गराउने इन्धनमा राहत अनुदान दिने व्यवस्था गर्न समेत उनले माग गरेका छन् ।
उनले लेखेका छन्, ‘दसैँ–तिहार–छठ लगायतका विभिन्न समुदायका प्रमुख चाडपर्वको मुखमा जुनसुकै बहानामा भए पनि इन्धनको मूल्य बढाउँदा सबैतिर महँगी झन् बढ्छ र जनताको ढाड सेकिन्छ भन्ने नबुझेको कि लाज पचाएको ? आयातमा भर पर्ने इन्धनको मूल्य अन्तर्राष्ट्रिय बजारमा बढ्ने बित्तिकै बढाउनुपर्ने तर्क गर्नेहरूले कमसेकम चाडबाड र बढी खपत हुने समयमा बेलैमा पर्याप्त सञ्चय गर्ने, आयल निगमको अनावश्यक खर्च कटाउने, बोनस लगायतका नाउँमा सार्वजनिक आम्दानीको दोहन नगर्ने, विशिष्ट अवस्थामा अन्यत्रको खर्च कटाएर पनि आम जनतालाई सिधै मर्का पर्ने र सबैतिर मूल्यवृद्धि गराउने इन्धनमा राहत अनुदान दिने आदि व्यवस्था गर्नुपर्दैन ? स्मरण रहोस्, अतिले खती गर्छ !’
चौतर्फी मन्दीको फलस्वरूप अहिले प्रमुख चाडबाडको मुखमा गाउँसहर कतै उत्साह र चहलपहल नरहेको भट्टराईको जिकिर छ । ‘लालबालालाई नानाखाना जुटाउन धौधौ छ। बेरोकटोक महँगी छ ! ढुवानी र यातायात भाडाको चर्को मार छ ! यस्तो बेला सबैतिर महँगी नियन्त्रणमा जोड दिनुपर्नेमा उल्टै पेट्रोलियम पदार्थको मूल्यवृद्धि किन गरेको ?,’ उनले लेखेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
निर्मल पुर्जाको ५७ औँ पटक आठ हजार मिटर अग्ला हिमालको सफल आरोहण, सांसद शेर्पाद्वारा बधाई
-
त्रिवि स्ववियू उपसभापतिसहित २३ जना विद्यार्थी प्रहरीको नियन्त्रणमा
-
सार्वजनिक खरिद अनुगमन कार्यालयद्वारा निर्माण कार्य खरिदसम्बन्धी परिमार्जित नमुना बोलपत्र जारी
-
उत्तरपश्चिम नाइजेरियामा सशस्त्र समूहको आक्रमण, २० भन्दा बढीको मृत्यु
-
‘हिट एन्ड रन’ घटनाका फरार चालक गाडीसहित पक्राउ
-
पहाडी क्षेत्रमा उल्लेख्य वर्षा, केही स्थानमा भारी वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण