कन्नड अभिनेताको कारले दम्पतीलाई ठक्कर दियो, महिलाको मृत्यु
कन्नड फिल्मका अभिनेता नाग भूषणको कारले फुटपाथमा हिँडिरहेका एक दम्पतीलाई ठक्कर दिएको छ । यो दुर्घटनामा महिलाको मृत्यु भएको छ जबकि उनका श्रीमान् गम्भीर अवस्थामा अस्पतालमा उपचाररत छन् ।
दुर्घटनापछि प्रहरीले नागभूषणविरुद्ध मुद्दा दर्ता गर्दै अनुसन्धान सुरु गरेको छ । भारतीय सञ्चार माध्यममा प्रकाशित समाचार अनुसार शनिवार राती यी दम्पती फुटपाथमा हिँडिरहेका बेला नाग भूषणको कारले उनीहरूलाई ठक्कर हान्यो । यी दम्पतीलाई ठक्कर दिएपछि कार फुटपाथको एउटा बिजुलीको खम्बासँग ठोक्कियो । यो दुर्घटनापछि नागभूषण आफैँले दम्पतीलाई अस्पताल लगे । अस्पताल लैजाँदै गर्दा ४८ वर्षकी प्रेमाको मृत्यु भयो ।
प्रेमाका श्रीमान् कृष्णा (५८ वर्ष) को दुवै खुट्टा, टाउको र पेटमा चोट लागेको छ । उनको अवस्था गम्भीर छ । बेंगलुरुको एक निजी अस्पतालमा उनको उपचार भइरहेको छ ।
प्रहरीले नागभूषणविरुद्ध मुद्दा दर्ता गर्यो
बेंगलुरुको कुमार स्वामी ट्राफिक प्रहरी स्टेसनमा उजुरी दर्ता गरिएको छ । प्रहरीले नागभूषणविरुद्ध तीव्र गति र लापरबाहीको चार्ज लगाएको छ ।
नागभूषण कन्नड फिल्ममा थुप्रै चर्चित सहायक भूमिकामा देखिइसकेका छन् । उनले ‘युवारत्न’, ‘लकी म्यान’ र ‘डेयरडेभिल मुस्तफा’ जस्ता फिल्ममा काम गरेका छन् । नाग भूषणको मुख्य भूमिका रहेको कन्नड फिल्म ‘तगारु पल्या’ नोभेम्बरमा रिलिज हुँदै छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आज पनि उत्तिकै सान्दर्भिक छन् जोन मेन्यार्ड किन्स
-
आरक्षण कटौती गरिए कर्मचारीतन्त्रमा दलितको सहभागिता सवा प्रतिशत पनि रहँदैन : सचेतक परियार
-
भाइरलको दौड हैन, सदाबहार सिर्जना रोज्दै बबिता
-
गाजापट्टीमा नागरिक तथा नागरिक पूर्वाधारको संरक्षण गर्न राष्ट्रसङ्घको आह्वान
-
एमालेमा पार्टी शुद्धीकरण र पुनर्गठन अभियान : प्रदेशबाट थालियाे सुझाव सङ्कलन
-
जनसाङ्ख्यिक लाभांशमार्फत मधेसको आर्थिक रूपान्तरण कसरी गर्ने ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण