कर्णालीका मन्त्रीहरुको कार्य दक्षतामाथि कँडेलले उठाए प्रश्न
मङ्गलबार, १६ असोज २०८०, १७ : ५२
सुर्खेत । नेकपा एमाले कर्णाली प्रदेश संसदीय दलका नेता यामलाल कँडेलले कर्णाली सरकारका मन्त्रीहरुको कार्य दक्षतामाथि प्रश्न उठाएका छन्।
मंगलबार बसेको प्रदेशसभा बैठकमा उनले सरकारमा रहेका मन्त्रीहरू जनताका लागि नभई जागिरको लागि मात्रै केन्द्रित भएको आरोप लगाए ।
'मन्त्रीहरु केही गर्नको लागि हो कि जागिर खानको लागि हो,' कँडेलले प्रश्न गरे,'तपाईँहरू जनताको लागि होइन, कर्णालीवासीको लागि होइन, गरिब दुखीको लागि होइन, केवल जागिर खानको लागि मात्रै हो ।’
कँडेलले मन्त्रीहरूले कर्मचारीलाई बिचराको ठाउँमा राखेको आरोप लगाए ।
उनले माओवादी केन्द्रले चलाएका मन्त्रालयको ठाउँमा गठबन्धन र प्रतिपक्ष दलका कर्मचारीलाई निषेध गर्ने गरिएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सयौँ युवालाई ‘सहजकर्ता’ नियुक्त गर्दै सरकार, कार्यविधि अन्तिम चरणमा
-
खैरो हिरोइनसहित बिर्तामोडबाट एक जना पक्राउ
-
लागूऔषधसहित १३ जना पक्राउ
-
छोटो समयमा नै बालेन सरकारप्रति जनतामा निराशा चुलियो : प्रभु साह
-
बस्ती खाली गराउने क्रममा भएका त्रुटिलाई सरकारले सच्याउनुपर्छ : गगन थापा
-
भारतले सीमावर्ती क्षेत्रको जनसङ्ख्याको अवस्थाबारे अध्ययन गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण