शिखर नगरपालिकामा एनटी फाइबर इन्टरनेट सेवा सुचारु

काठमाडौं । डोटीको शिखर नगरपालिकामा नेपाल टेलिकमको एनटी फाइबर इन्टरनेट सेवा सुचारु भएको छ । नगरपालिकाले नेपाल टेलिकमसँगको समन्वयमा इन्टरनेट सेवा सुचारु गरेको हो ।
सेवा विस्तार भएसँगै नगरपालिकाको दैनिक कामकाजमा सहजता हुनुका साथै स्थानीयहरुले सस्तोमा गुणस्तरीय इन्टरनेट सेवा उपभोग गर्न पाउने मेयर दीर्घ बलायरले बताए ।
लगातार एक वर्षको दौडधुपपछि पालिकामा नेपाल टेलिकमको एनटी फाइबर इन्टरनेट सेवा सुचारु गर्न सफल भएको मेयर बलायरको भनाइ छ । उनका अनुसार कोरालखोलादेखि नगरपालिकाको कार्यालयसम्म ६ किलोमिटर क्षेत्रमा एनटी फाइबर विस्तार गरिएको छ ।
नगरका सबै वडा र नगरपालिका माताहतका कार्यालयहरुमा एनटी फाइबर विस्तार गर्ने लक्ष्य लिएको बलायरले बताए । हाइवे सडक अन्तर्गत समूहगाडदेखि कोराल खोलासम्म यसै वर्ष नेट सेवा विस्तार गरिने उनी बताउँछन् ।
नगरपालिकाका सूचना तथा संचार प्रविधि अधिकृत नवराज भट्टले एनटी फाइबर जडान भएसँगै सप्टवयरले काम नगर्ने समस्या समाधान भएको बताए । नगरपालिकाको समन्वयमा नेट सेवा विस्तार गर्न सफल भइएको नेपाल टेलिकम प्रादेशिक निर्देशनालय अत्तरियाका निर्देशक किशोर भट्टले बताए ।
ग्राहकको माग अनुसार विस्तारै अन्य वडा र वस्तिहरुमा पनि सेवा विस्तार गर्न सकिने उनको भनाइ छ । शिखर नगरपालिकामा विस्तार गरिएको एनटी फाइवरबाट हाललाई ४ सय वटा लाइन दिन सकिने नेपाल टेलिकम दिपायलका प्राविधिक सुदिप चौधरीले बताए ।
ग्राहकको माग बढ्दै गए नेपाल टेलिकमको केन्द्रीय कार्यालयमा माग गरेर थप गर्न सकिने उनले बताए । चौधरीका अनुसार अहिले इन्टरनेटमा १० एमबिपिएसदेखि उच्चतम गति १०० एमबिपिएस सम्म चलाउन मिल्छ ।
वार्षिक न्यूनतम शुल्क ८ हजार देखि ४२ हजार सम्म रहेको उनले बताए । एनटी फाइबरबाट इन्टरनेट, टेलिफोन एवं टिभि समेत चलाउन मिल्ने चौधरीले बताए ।
हाल शिखर नगरपालिका वडा नम्बर १०, ११, ८ र वडा नं. ६ सम्म प्रयोग गर्न सकिने गरी एनटी फाइबर विस्तार गरिएको छ । नगरका अन्य क्षेत्रमा पनि आवस्यकता अनुसार सेवा विस्तार गरिने नगर उपप्रमुख सुनिता रावल जोराले बताइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दुर्घटनामा प्रहरी सहायक निरीक्षकको मृत्यु
-
दलहरूले जनताको जीवनस्तर उकास्नेतर्फ लाग्नुपर्छ : अध्यक्ष बिजुक्छे
-
वाईसीएलको काठमाडौँ महानगर अध्यक्षमा डा. शुभेच्छा श्रेष्ठ निर्वाचित
-
नेपालको संविधानले सबै जातिको अधिकार सुनिश्चित गरेको छ : मन्त्री गुरुङ
-
सुदूरपश्चिममा रेडियो पत्रकारका लागि दुई दिने प्रशिक्षण
-
काशीनाथ–हरिप्रिया कट्टेल वाङ्मय पुरस्कार प्रदान