सोमबार, २५ जेठ २०८३
ताजा लोकप्रिय
भारत–पाकिस्तान तनाव

ट्रम्प भन्छन्, ‘भारत र पाकिस्तान तत्काल युद्धविराम गर्न सहमत भए’

शनिबार, २७ वैशाख २०८२, १८ : ०२
शनिबार, २७ वैशाख २०८२

वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारत र पाकिस्तान तत्कालै पूर्ण युद्धविरामका लागि तयार भएको दाबी गरेका छन् । 

शनिबार सामाजिक सञ्जाल ट्रुथ सोसलमा एक पोस्ट गर्दै ट्रम्पले शुक्रबार राति अमेरिकाले गरेको छलफल भएपछि दुवै देश यसका लागि तयार भएको बताएका हुन् ।

‘अमेरिकाको समन्वयमा राति लामो समय भएको छलफलपछि, भारत र पाकिस्तान तत्कालै पूर्ण युद्धविराम गर्न सहमत भएको घोषणा गर्न पाउँदा म खुसी छु ।’ उनले ‘कमन सेन्स’ र उत्कृष्ट बुद्धिमत्ताका प्रयोग गरेको दुवै देशलाई बधाईसमेत दिएका छन् ।

GqlhuBbWQAE3nQ-

अमेरिकी विदेशमन्त्री मार्को रुबियोले भारतका विदेशमन्त्री एस. जयशंकर र पाकिस्तानी सेना प्रमुख जनरल असीम मुनीरसँग कुरा गरेका थिए । उनले दक्षिण एसियामा शान्ति स्थापना गर्न दुवै देशलाई तनाव कम गर्न र मिलेर काम गर्न अपील गरेका थिए।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप