एभरेष्ट बैंकको वित्तीय अगुवाइमा गुणस्तरीय टायल्स तथा सेरामिक्स उत्पादन नेपालमै गरिने
बिहीबार, १८ असोज २०८०, १६ : ५९
काठमाडौँ । एभरेष्ट बैंक लिमिटेडको अगुवाइमा कजरिया रमेश टायल्स लिमिटेडमा लगानी गर्ने सम्बन्धमा सह वित्तीयकरण अन्तर्गत सहभागी बैंकहरु बिच वित्तिय सहजिकरण गर्ने कार्य सम्पन्न भएको छ ।
अगुवा बैंकको तर्फबाट एभरेष्ट बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङ तथा रमेश क्रपका तर्फबाट कम्पनीका उपाध्यक्ष रोहित गुप्ताले एक विशेष समारोहका बिच सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् । सो कार्यक्रममा सह–वित्तियकरणका अन्य सदस्य बैंकहरु नबिल बैंक, नेपाल एसबीई बैंक र प्रभु बैंकका उच्च पदस्थ अधिकारीहरु समेतको गरिमामय उपस्थिति रहेको थियो ।
नेपाललाई टायल्स उत्पादनमा आत्मनिर्भर बनाउने उद्देश्यका साथ नवलपरासीमा रहेको प्लान्टबाट उत्पादन हुने टायल्सको कुल लागत रु. ४०० करोड मध्ये सह–वित्तियकरण अन्तर्गत रु. ३०० करोड लगानी रहनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तेह्रथुममा खुकुरी प्रहार गरी महिलाको हत्या
-
निर्मल पुर्जाको ५७ औँ पटक आठ हजार मिटर अग्ला हिमालको सफल आरोहण, सांसद शेर्पाद्वारा बधाई
-
त्रिवि स्ववियू उपसभापतिसहित २३ जना विद्यार्थी प्रहरीको नियन्त्रणमा
-
सार्वजनिक खरिद अनुगमन कार्यालयद्वारा निर्माण कार्य खरिदसम्बन्धी परिमार्जित नमुना बोलपत्र जारी
-
उत्तरपश्चिम नाइजेरियामा सशस्त्र समूहको आक्रमण, २० भन्दा बढीको मृत्यु
-
‘हिट एन्ड रन’ घटनाका फरार चालक गाडीसहित पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण