आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

हङकङमा एकल कमेडी शो गर्दै कलाकार राई

बिहीबार, १८ असोज २०८०, १७ : ४२
बिहीबार, १८ असोज २०८०

काठमाडौँ । हङकङमा हास्यकलाकार गणेश ईशारा राईको ‘गणेश इशारा राई एकल कमेडी शो’ आयोजना हुने भएको छ । मुटु, मिर्गौला रोगी तथा बृद्धबृद्धाको सहयोगार्थ राईको ‘गणेश इशारा राई एकल कमेडी शो’ आयोजना हुने भएको हो । 

एभरेस्ट इन्टरनेशनल ट्रेडिङ कम्पनीको प्रस्तुतिमा याक एन्ड यति रेस्टुरेन्ट हङकङले आयोजना गर्न लागेको कार्यक्रमको मूल नारा ‘जो धेरै हाँस्छ, उ धेरै बाँच्छ’ भन्ने छ ।

अक्टोबर १५ तारिखमा आयोजना हुने कार्यक्रममा राईले विभिन्न नेतादेखि कलाकारसम्मका क्यारिकेचर प्रस्तुत गर्नेछन् । कार्यक्रममा उपस्थित दर्शकको फर्माइअनुसार आफूले कार्यक्रममा गीत तथा क्यारिकेचर समेत प्रस्तुत गर्ने कलाकार राईले बताए । राईले सय भन्दा बढी क्यारिकेचर गर्दै आएका छन् । कार्यक्रममा राईका अलवा हङकङका दर्जन बढी कलाकारको समेत प्रस्तुति रहनेछ । 

कलाकारिताको सुरुको चरण देखिनै राईले २०५४ सालदेखि मुटु र मिर्गौला रोगीका लागि हजुर आमा वीरमाया राईको नामबाट ‘सोभोमा’ स्मृति कोष स्थापना गरी समाजसेवा गर्दै आएका छन् ।

बेलाबेलामा ब्यङ्ग्यले भरिएको कमेडी एल्बम समेत सार्वजनिक गर्दै आएका उनका गाईजात्रा कोसेली मात्र ‘सदनहल र भट्टीपसल उस्तै’, ‘साधेतन्त्र’, ‘भद्रगोल डटकम’ लगायत दर्जनौँ आएका छन् । 

कार्यक्रमको संयोजन एभरेस्ट इन्टरनेशनलका प्रबन्ध निर्देशक लोक आङबुहाङले गरेका छन्, भने उनका सहयोगीमा सिताराम राई, प्रकाश आङबुहाङ ‘टेन्सन’, लक्ष्मीप्रसाद सम्बाहाम्फे, नवीन चाम्लिङ राई, सुमन वनेम र भवेश घिसिङ लामा रहेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप