हङकङमा एकल कमेडी शो गर्दै कलाकार राई
काठमाडौँ । हङकङमा हास्यकलाकार गणेश ईशारा राईको ‘गणेश इशारा राई एकल कमेडी शो’ आयोजना हुने भएको छ । मुटु, मिर्गौला रोगी तथा बृद्धबृद्धाको सहयोगार्थ राईको ‘गणेश इशारा राई एकल कमेडी शो’ आयोजना हुने भएको हो ।
एभरेस्ट इन्टरनेशनल ट्रेडिङ कम्पनीको प्रस्तुतिमा याक एन्ड यति रेस्टुरेन्ट हङकङले आयोजना गर्न लागेको कार्यक्रमको मूल नारा ‘जो धेरै हाँस्छ, उ धेरै बाँच्छ’ भन्ने छ ।
अक्टोबर १५ तारिखमा आयोजना हुने कार्यक्रममा राईले विभिन्न नेतादेखि कलाकारसम्मका क्यारिकेचर प्रस्तुत गर्नेछन् । कार्यक्रममा उपस्थित दर्शकको फर्माइअनुसार आफूले कार्यक्रममा गीत तथा क्यारिकेचर समेत प्रस्तुत गर्ने कलाकार राईले बताए । राईले सय भन्दा बढी क्यारिकेचर गर्दै आएका छन् । कार्यक्रममा राईका अलवा हङकङका दर्जन बढी कलाकारको समेत प्रस्तुति रहनेछ ।
कलाकारिताको सुरुको चरण देखिनै राईले २०५४ सालदेखि मुटु र मिर्गौला रोगीका लागि हजुर आमा वीरमाया राईको नामबाट ‘सोभोमा’ स्मृति कोष स्थापना गरी समाजसेवा गर्दै आएका छन् ।
बेलाबेलामा ब्यङ्ग्यले भरिएको कमेडी एल्बम समेत सार्वजनिक गर्दै आएका उनका गाईजात्रा कोसेली मात्र ‘सदनहल र भट्टीपसल उस्तै’, ‘साधेतन्त्र’, ‘भद्रगोल डटकम’ लगायत दर्जनौँ आएका छन् ।
कार्यक्रमको संयोजन एभरेस्ट इन्टरनेशनलका प्रबन्ध निर्देशक लोक आङबुहाङले गरेका छन्, भने उनका सहयोगीमा सिताराम राई, प्रकाश आङबुहाङ ‘टेन्सन’, लक्ष्मीप्रसाद सम्बाहाम्फे, नवीन चाम्लिङ राई, सुमन वनेम र भवेश घिसिङ लामा रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
४० अर्ब हाराहारीको बजेट बनाउँदै कोशी प्रदेश
-
रास्वपा लुम्बिनी अधिवेशन : मतदान सुरु
-
बारा र खोटाङसहितका जिल्लामा कांग्रेसको क्रियाशील सदस्यता असार ७ सम्म अद्यावधिक गर्न सकिने
-
पूर्वआयोजक र युरोपेली डार्क हर्सबिच मध्यराति भिडन्त
-
कोशीको आर्थिक वृद्धिदर ३.१३ प्रतिशत पुग्ने अनुमान, प्रतिव्यक्ति आम्दानी १,४१० डलर (पूर्णपाठ)
-
एकताको नारामा संस्थापनविरुद्ध एक हुँदै कांग्रेसको इतर पक्ष
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण