मङ्गलबार, २७ जेठ २०८२
ताजा लोकप्रिय

अर्जुन कुँवरको ‘दसैँ हो कि दशा’ सार्वजनिक, युट्युबको ट्रेन्डिङमा (भिडियोसहित)

शनिबार, २० असोज २०८०

काठमाडौँ । दसैँको मुखमा कलाकार अर्जुन कुँवर (पितृ बुढा)ले ‘दसैँ हो कि दशा’ बोलको गीत सार्वजनिक गरेका छन् । कुँवरकै शब्द संगीत रहेको गीतमा पछिल्लो समय भाइरल बनेकी सिम्रन परिवारको समेत आवाज छ । 

गीतमा गायक कुँवरले गरिबीका कारण चाडपर्वमा बेहोर्नु परेको पीडाहरूलाई कुशलताका साथ गीतमा उतारेका छन्। महेन्द्र भण्डारीको एरेन्ज रहेको गीत सार्वजनिक भएको दुई दिनमा युट्युबको १७ औँ नम्बरको ट्रेन्डिङमा रहेको छ  ।

गुल्मीको इस्माका गायक तथा हास्य कलाकारको परिचय समेत बनाएका  कुँवर विगत १० वर्षदेखि कलाकारिता क्षेत्रमा आबद्ध छन्। हास्य टेलिसिरियलबाट आफ्नो कलाकारिता सुरु गरेसँगै गुल्मी जिल्लाको रेडियो रेसुङ्गामा चार वर्ष भन्दा लामो समय सञ्चारकर्मीको रूपमा काम गरेका अर्जुनले २०७३ सालमा ‘तिम्रो कसम’ नामको लोकदोहोरी गीत ल्याएका थिए । 

त्यसपछि उनले ‘स्वार्थी  दुनियाँ’, ‘आँसुको कारखाना’, ‘लिलामी’, ‘शासन’, ‘ओठ खोलेर’ , ‘ए दैव’, ‘आऊ नाचौँ माया’, ‘आँसुको सहर’, ‘गुल्मेलीको नाच’लगायतका गीतहरूमा आवाज दिइसकेका छन् ।  पछिल्लो समयमा उनले ल्याएको दसैँ हो कि दशा’ पनि लोकप्रिय बन्ने दिशामा अघि बढेको हो । यो गीतबाट राम्रो प्रतिक्रिया आइरहेको उनको भनाइ छ । 

नेपाली चर्चित हास्य सिरियल ह्वाट, हल्का रमाइलो, हालत खराब, सरी ल, ठिकै छलगायतका सिरियलहरुमा आफ्नो कला अभिनय मार्फत विभिन्न टेलिभिजनका पर्दामार्फत आफ्नो प्रस्तुत गरिरहेका निरन्तर यही क्षेत्रमा लागिरहने बताउँछन् ।  सयौँ म्युजिक भिडियोमा समेत अभिनय गरेका उनी लाइभ दोहोरीमा समेत उत्तिकै हिट छन् । अर्जुनले देश विदेशका  कार्यक्रमहरूमा पनि आफ्नो प्रस्तुति दिँदै आएका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया