शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

विजय र स्वस्तिमा उत्कृष्ट कलाकार, निर्देशकमा मिलन चाम्स

शुक्रबार, २२ जेठ २०८३, १४ : ०६
शुक्रबार, २२ जेठ २०८३

सारांश

  • १७औँ डी सिने अवार्डमा विजय बराल उत्कृष्ट अभिनेता र स्वस्तिमा खड्का उत्कृष्ट अभिनेत्री घोषित भएका छन् ।
  • मिलन चाम्सले 'अञ्जीला' बाट उत्कृष्ट निर्देशकको अवार्ड जितेका छन् ।
  • कार्यक्रममा निर्देशक ज्ञानेन्द्र देउजा र अभिनेत्री निरुता सिंहलाई 'चलचित्रकर्मी रजत सम्मान २०८३' प्रदान गरिएको थियो ।

काठमाडौँ । अभिनेता विजय बराल र अभिनेत्री स्वस्तिमा खड्का उत्कृष्ट अभिनेता अभिनेत्री बनेका छन् । छाँयाछवी क्रियशनले बिहीबार साँझ सम्पन्न गरेको १७औँ संस्करणको डी सिने अवार्डमा यी कलाकारले उत्कृष्ट अवार्ड प्राप्त गरेका हुन् ।

चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसी, वरिष्ठ अभिनेत्री वसुन्धरा भुसाल, चैतदेवी सिंह लगायतले उनीहरूलाई अवार्ड प्रदान गरे । कार्यक्रममा ‘चलचित्रकर्मी रजत सम्मान २०८३’ बाट निर्देशक ज्ञानेन्द्र देउजा र अभिनेत्री निरुता सिंह सम्मानित भए ।

कार्यक्रममा रेखा फिल्मस छाँयाछवी चलचित्र पत्रकारिता पुरस्कारबाट रंग पत्रकार सचित खड्का पुरस्कृत भए । कार्यक्रममा विभिन्न कलाकर्मीहरूलाई पनि सम्मान गरिएको थियो । सम्मानित हुनेहरूमा हास्य कलाकार गोपाल ढकाल ‘छन्दे’, अभिनेत्री तेजुला खतिवडा, कलाकार गीता नेपाल, गायिका मिना नेपाली लगायत छन् ।

s58

पत्रकार नुमाकान्त पौडेल, निर्देशक अमर वली र निर्देशक कमल एक्चै मगर जुरी रहेको अवार्डमा २०८१ मा रिलिज भएका चलचित्रहरूलाई विभिन्न विधामा अवार्ड बाँडिएको थियो ।

कार्यक्रममा उत्कृष्ट अभिनेता र अभिनेत्रीको अवार्ड ‘पूर्णबहादुरको सारङ्गी’ बाट विजय बराल एवं बेहुली फ्रम मेघौलीका लागि स्वस्तिमा खड्काले पाए । सोही अवसरमा उत्कृष्ट चलचित्र अञ्जिला र निर्देशकमा अञ्जिलाबाटै मिलन चाम्स पुरस्कृत भए ।

क–कसले पाए अवार्ड ?

उत्कृष्ट चलचित्र : अञ्जीला

उत्कृष्ट निर्देशक : मिलन चाम्स – अञ्जीला

उत्कृष्ट अभिनेता : विजय बराल– पूर्णबहादुरको सारङ्गी

उत्कृष्ट अभिनेत्री : स्वस्तिमा खड्का – बेहुली फ्रम मेघौली

उत्कृष्ट सहअभिनेता : जितु नेपाल – कार्साङ

उत्कृष्ट सहअभिनेत्री : ऋचा घिमिरे – तेल भिसा

उत्कृष्ट चरित्र अभिनय : राजबल्लभ कोइराला – एक्टर टेक वान

उत्कृष्ट नव निर्देशक : चन्द्र पन्त – ह्रस्व दीर्घ

उत्कृष्ट लेखन : लक्ष्मण सुवेदी – सतिदेवी

उत्कृष्ट छायांकार : पुरुषोत्तम प्रधान– पीताम्बर

उत्कृष्ट सम्पादक : वन्दे प्रसाद – पीताम्बर

उत्कृष्ट गीतकार : सुरेन्द्र राना – रुकुम मैकोट – खुश्मा  

उत्कृष्ट संगीतकार : अर्जुन पोखरेल– कसम बत्तिको– ज्वाइँ साब

उत्कृष्ट गायक : सविन सुवेदी – बिहे भाको छैन– छक्का पञ्जा ५

उत्कृष्ट गायिका :  बेनिशा पौडेल– बिहे भाको छैन– छक्का पञ्जा ५

उत्कृष्ट द्वन्द्व निर्देशक : अष्ट महर्जन– एक्टर टेक वान

उत्कृष्ट नृत्य निर्देशक : रामजी लामिछाने– जुनीजुनी भरिलाई – दुखी आत्मा

उत्कृष्ट जुरी अवार्ड : कृषा चौलागाई – पीताम्बर

उत्कृष्ट डायोस्पोरा चलचित्र : शंकर घिमिरे – तेलभिसा 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप