सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

सिटौला र डा.शेखरबीच पोखरामा किन भयो भेट ?

शुक्रबार, १६ चैत २०७४, १४ : ५०
शुक्रबार, १६ चैत २०७४

काठमाडौं– केन्द्रीय कायसमितिको बैठक जारी रहेकै वेला पूर्वमहामन्त्री कृष्ण सिटौला विहिवार पोखरा पुगे । सिटौलालाई एयरपोर्टमा यातायात मजदुर संघका पदाधिकारीले स्वागत गरे । 

त्यसैदिन तनहुँमा भएका कार्यक्रम सकेर अर्का नेता डा.शेखर कोइराला पनि विहिवार साँझ पोखरा पुगे ।

नेताद्धयले लेकसाइडस्थित इन्फिनिटि रिसोर्टमा सँगै रात विताए ।

एउटै होटलमा वसेका नेताहरुले दलको आन्तरिक विषयमा अनौपचारिक छलफल गरे । 

विहानको सगै चिया लिएको तस्वीर सार्वजनिक भयो । 

केन्द्रीय समितिको बैठकमा संस्थापनपक्षको कडा आलोचना गरि उपत्यका वाहिर निस्केका दुई नेताले देउवा विरुद्धको मोर्चा थप कस्ने संकेत दिएका छन् । 

यातायात मजदुर संघको निर्वाचनमा रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौलापक्षले संस्थापनका विरुद्ध संयुक्त मोर्चा बनाएका छन् । यस अघि पौडेल र सिटौलापक्षको संयुक्त प्यनालले शिक्षक र कर्मचारी संगठनमा संस्थापनपक्षलाई हराएको छ । 

पछिल्लो समय काँग्रेसमा सभापति देउवासमूह भातृसंस्थामा कमजोर बन्दै गएको छ । 

गत महिना पोखरामा भएको काँग्रेस निटक निर्माण व्यवसायी संघको अधिवेशनमा संस्थापनपक्षले हार खाएके थियो । त्यसपछि कर्मचारीमा पनि सस्थापन पक्षको पराजय भयो । यातायात मजदुर अधिवेसनमा पनि पौडेल र सिटौला संस्थापनपक्षलाई ‘धम्का’ दिने तयारीमा छन् । यही गृहकार्यका लागि डा.शेखर र सिटौला पोखरा गएका हुन् । 

निर्वाचन समीक्षाका लागि केन्द्रीय कार्यसमिति वैठक चलिरहदा देउवालाई ‘थप कमजोर बनाउन’ पौडेल र सिटौलापक्षसक्रिय छ । 

यातायात मजदुर संघको पोखरामा हुँदै गरेको अधिवेशनका लागि पूर्वमहामन्त्री सिटौला, केन्द्रीय सदस्यद्धय डा.शेखर कोइराला र प्रदीप पौडेल सहभागी छन् । 

सिटौला प्रमुख अथिति छन् । 

‘निर्वाचनपछि पौडेल र सिटौला पक्ष भातृ संस्थाका अधिवेशनमा गठबन्धन बनाउँदै आएका छन् । पोखरामा सिटौला र कोइराला एकै मञ्चमा देखिनु त्यसकै निरन्तरता हो ।’ एक नेताले भने, ‘देउवा पक्षलाई पराजित गर्ने गरि दुवै समूहको गठजोड छ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

लिलु डुम्रे
लिलु डुम्रे

लिलु डुम्रे रातोपाटीका संवाददाता हुन् ।

लेखकबाट थप