कुमारी बैंकले १० प्रतिशत ब्याजदरमा ५ अर्ब रुपैयाँ बराबरको ऋणपत्र जारी गर्ने

काठमाडौँ । कुमारी बैंकले आकर्षक ब्याजदरमा ऋणपत्र जारी गर्ने भएको छ । बैंकले आगामी कात्तिक २ गतेदेखि १ हजार रुपैयाँ दरका ५० लाख इकाई अर्थात् ५ अर्ब रुपैयाँ बराबरको ऋणपत्र जारी गर्ने भएको हो ।
१० वर्ष अवधिका लागि १० प्रतिशत ब्याजदर नै प्रदान गर्ने गरी बैंकले ‘१० प्रतिशत केबीएल डिभेन्चर, २०९०’ जारी गर्न लागेको हो ।
कूल निष्काशित ऋणपत्र मध्ये, ३० लाख इकाई बैंकले आफ्नै पहलमा अन्य सङ्घसंस्थालाई बिक्री गर्ने भएको छ भने बाँकी २० लाख इकाई सर्वसाधारणका लागि बिक्री खुल्ला गरिनेछ । सो मध्ये ५ प्रतिशत अर्थात् १ लाख इकाई भने सामूहिक लगानी कोषलाई छुट्याएको बैंकले जनाएको छ ।
इच्छुक लगानीकर्ताहरुले कम्पनीको डिभेन्चरका लागि कात्तिक १२ गतेसम्म आवेदन दिन सक्नेछन् । उक्त समयसम्म सबै ऋणपत्र बिक्री नभएमा भने कात्तिक १६ गतेसम्म खुला रहने बैंकले जनाएको छ । यसमा न्यूनतम २५ इकाईदेखि अधिकतम ५ लाख इकाईसम्म आवेदन दिन सकिनेछ । कम्पनीको डिवेन्चर बिक्री प्रबन्धकमा नबिल इन्भेस्टमेन्ट रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै, यस्ता छन् कार्यसूची
-
प्रकृतिमुखी जीवनशैली अवलम्बन गर्न राष्ट्रपतिको आह्वान
-
कानुन दुरुपयोग गर्दै सरुवाका लागि कारबाही माग्छन् कर्मचारी !
-
आज विश्व वातावरण दिवस, विविध कार्यक्रमका साथ मनाइँदै
-
हिमाली क्षेत्रमा हिउँको मात्रा घट्दा जैविक विविधतामा खतरा निम्त्यायो : उपराष्ट्रपति यादव
-
प्रदर्शनको एकसयौँ दिनमा ‘लाज शरणम्’