मङ्गलबार, २५ वैशाख २०८१
ताजा लोकप्रिय

अमेरिकी उपभोक्ता मूल्यवृद्धि स्थिर

बिहीबार, २५ असोज २०८०, २१ : २५
बिहीबार, २५ असोज २०८०

वासिङ्टन । संयुक्त राज्य अमेरिकामा उपभोक्ता मुद्रास्फीति गत महिना स्थिर रहेको हालै सार्वजनिक सरकारी तथ्याङ्कले देखाएको छ ।

उपभोक्ता मूल्य सूचकाङ्क (सीपीआई) गत वर्षको तुलनामा ३.७ प्रतिशतले वृद्धि भएको श्रम विभागले जनाएको छ ।

तर मासिक रुपमा मुद्रास्फीति ०.६ प्रतिशतबाट घटेर ०.४ प्रतिशतमा झरेको पछिल्लो प्रतिवेदनमा उल्लेख छ ।

यसबाहेक, अस्थिर खाद्य र ऊर्जा क्षेत्रहरूको सूचकांक ४.१ प्रतिशतमा झरेको छ जुन दुई वर्षयताकै सबैभन्दा कम हो ।

मुद्रास्फीतिमा कमी फेडरल रिजर्भका लागि राम्रो समाचार हुनेछ, फेडले गत वर्षको मार्चदेखि ब्याज दर वृद्धिको आक्रामक अभियान चलाएको छ र यसले अमेरिकी उपभोक्ता मूल्यमा वृद्धि आएको छ ।

यद्यपि फेड नीति निर्माताहरूले यस वर्ष महत्त्वपूर्ण ऋण दरमा अर्को वृद्धिको लागि ढोका खुला छोडेका छन् । "मासिक वृद्धिमा आश्रय लागतको अलावा, ‘पेट्रोल सूचकांकमा वृद्धि पनि एक प्रमुख योगदानकर्ता थियो," श्रम मन्त्रालयले भनेको छ । 

मन्त्रालयका अनुसार प्रमुख ऊर्जा घटक सूचकाङ्कहरू सेप्टेम्बरमा मिश्रित भए तापनि ऊर्जा सूचकाङ्क यस महिनामा १.५ प्रतिशतले वृद्धि भएको छ ।- (रासस/एएफपी)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप