मधेशमा पनि सिंगै देशको जस्तै भाषिक र सांस्कृतिक विविधता छ : राष्ट्रपति पौडेल
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले मधेशमा पनि सिंगो देशको जस्तै भाषिक र सांस्कृतिक विविधता रहेको बताएका छन् । शुक्रवार मधेशी आयोगको बार्षिक प्रतिवेदन बुझ्दै राष्ट्रपति पौडेलले मधेशी समुदाय नेपालको तराई क्षेत्रमा युगौँदेखि बसोवास गर्दै आएको बताए ।
उनले मधेशी समुदायको भाषा, संस्कृति, भेषभूषा, परम्परा, सभ्यता र संस्कार सिंगै देशको जस्तै विविधता रहेको स्पष्ट पारे । उनले भने– ‘नेपाल बहुभाषिक र बहुसांस्कृतिक मुलुक हो । मधेशमा पनि भाषा, संस्कृति, भेषभूषा, परम्परा, सभ्यता र संस्कारमा सिंगै देशको जस्तै विविधता छ ।’
राष्ट्रपति पौडेलले संस्कृति व्यक्ति र समुदायको पहिचान र अपनत्व कायम राख्ने महत्वपूर्ण माध्यम भएको बताए । उनले देशको सांस्कृतिक विविधता कायम राख्दै समानता एवम् सहअस्तित्वका आधारमा विभिन्न जातजाति समुदायको भाषा, लिपि, संस्कृति, साहित्य कला र सम्पदाको संरक्षण र विकास गर्ने राज्यको सामाजिक र सांस्कृतिक रूपान्तरण सम्बन्धी नीति रहेको बताएका छन् ।
प्रतिवेदन बुझाउदै मधेशी आयोगका अध्यक्ष डा विजयकुमार दत्तले आयोगले मधेश र मधेशीको परिभाषा तय गरेको बताउँदै मधेशी समुदायको जात र थरको पनि सूचीकरण गरेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
४० अर्ब हाराहारीको बजेट बनाउँदै कोशी प्रदेश
-
रास्वपा लुम्बिनी अधिवेशन : मतदान सुरु
-
बारा र खोटाङसहितका जिल्लामा कांग्रेसको क्रियाशील सदस्यता असार ७ सम्म अद्यावधिक गर्न सकिने
-
पूर्वआयोजक र युरोपेली डार्क हर्सबिच मध्यराति भिडन्त
-
कोशीको आर्थिक वृद्धिदर ३.१३ प्रतिशत पुग्ने अनुमान, प्रतिव्यक्ति आम्दानी १,४१० डलर (पूर्णपाठ)
-
एकताको नारामा संस्थापनविरुद्ध एक हुँदै कांग्रेसको इतर पक्ष
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण