शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय
पत्रपत्रिका

सुनको मूल्य पुनः बढ्न थाल्यो

शनिबार, २७ असोज २०८०, ०६ : ०३
शनिबार, २७ असोज २०८०

काठमाडौँ । पछिल्लो समय बजारमा सुनको मूल्य पुनः बढ्न थालेको छ । पछिल्लो १० दिनमा बजारमा सुनको मूल्य तीन हजार पाँच सय रुपियाँले बढेको हो । गत  १६  असोजमा  मूल्य  घटेर  प्रतितोला  एक  लाख छ हजार छ सय रुपियाँमा कारोबार भएको सुनको मूल्य शुक्रबार बढेर एक लाख १० हजार एक सय रुपियाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले  जनाएको  छ  ।  

लामो  समयदेखि  बढ्दै  गएको सुुनको मूल्य अमेरिकी फिडर बैङ्कले ब्याजदर बढाएपछि असोज दोस्रो सातादेखि मूल्य घट्न थालेको थियो । महासङ्घका अनुसार पछिल्लो समय इजरायल प्यालेस्टाइन युद्धको प्रभावले यो साता सुनको मूल्य बढेको छ । सोही प्रभावले कच्चा तेलको मूल्य पनि बढ्न सक्ने अनुमान विश्लेषकहरूले गरेका छन् । 

यो साता विश्व बजारमा सुनको मूल्य बढेको छ । अन्तर्राष्ट्रिय क्षेत्रमा चर्किएको द्वन्द्वको प्रभावका कारण लगानीकर्ता सुरक्षित लगानीका रूपमा सुनतर्फ आकर्षित  हुन  थालेकाले  सुनको  माग  बढ्न  गई  मूल्य वृद्धिमा चाप परेको व्यवसायीको भनाइ छ । आजको गोरखापत्र दैनिकमा समाचार छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप