दसैँ कसरी आउँछ बा ?
घरको दलिनमा पिङ नझुण्डिई
चिनिचम्पा केरा नपाकी
धानका बाला नझुली
घोर्ले खसीलाई मकैको दाना दिँदै
धार्नीको अड्कल लगाउँदै
पक्कु नखाई
घरका भित्ता रातो माटोले नलिपी
कसरी आउँछ दसैँ बा ?
काकाले लुगा सिलाउने कलमा
मट्टितेल हाल्दै कट्या ट्याटाङ
मिसिन चलाउँदै
हरल्याङ परेका सट पेन्टको
हररर बास्ना नआई
कट्टी खुकुरी चुलेसीमा
शान र आरन नलगाई
सहरका दाजुभाइ दिदी बहिनी
गाउँ नपसी
नसाँची बारीका घाँस
बस्तु भाउलाई
कसरी आउँछ दसैँ बा ?
नहाली खल्पी काँक्राको
नफली चामल अटेको
नकुटी चिउरा ढिकीमा
न पिसी तोरी कोलमा
नडुबी नरे झोलमा
नपसी सिरक खोलमा
नलगाई खरी ढोलमा
कसरी आउँछ दसैँ बा ?
नटिपी पात सालको
नबुनी दुना टपरी
नबाटी डोरी बाबियाको
नहाली गाउँमा लिङ्गे पिङ
नपकाई बोक्रा सालको
नदली रङ्ग ढोकामा
नझारी जालो दलिनको
नटाली छानो खरको
कसरी आउँछ दसैँ बा ?
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
२०२६ विश्वकपमा चम्मिन तयार १२ किशोर खेलाडी
-
बाढीले अवरुद्ध मध्यपहाडी लोकमार्ग खुलाउने प्रयास जारी
-
पश्चिम बंगालमा बुलेट ट्रेन परियोजना घोषणा
-
घानामा आलोचकहरूको बढ्दो गिरफ्तारी, अभिव्यक्ति स्वतन्त्रतामाथि चिन्ता
-
प्रधानमन्त्रीको बालेनको अभिव्यक्तिविरुद्ध श्रम संस्कृति पार्टीको प्रदर्शन
-
विश्वभरका साना जलाशयको क्षमता घट्दै : अध्ययन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण