बुधबार, २६ वैशाख २०८१
ताजा लोकप्रिय

चिसापानी अस्पतालमा निःशुल्क कृत्रिम हातखुट्टा सेवा परियोजना सुरु

शनिबार, २७ असोज २०८०, १६ : ४६
शनिबार, २७ असोज २०८०

बुटवल ।  नवलपरासी बर्दघाट सुस्ता पश्चिमको बर्दघाटमा रहेको चिसापानी अस्पतालमा कृत्रिम हातखुट्टा सेवा परियोजना सुरु भएको छ । चौधरी फाउन्डेसनको सहयोगमा अस्पतालमा सिजी सबल केन्द्रमार्फत कृत्रिम हातखुट्टा  प्रदान गर्ने कार्यक्रम सुरु भएको हो ।

 प्रतिनिधिसभा सदस्य एवं नेपाली काँग्रेसका केन्द्रीय सदस्य विनोद चौधरीले आज अस्पतालमा सबल केन्द्रको उद्घाटन गर्दे  चिसापानी अस्पतालबाट हातखुट्टा नभएका व्यक्तिले कृत्रिम हातखुट्टा निःशुल्क पाउने बताए । 

नवलपरासी–१ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य चौधरीले चिसापानी अस्पताललाई यो क्षेत्रकै उत्कृष्ट सेवा प्रदान गर्ने अस्पतालका रूपमा विकास गर्न आफू  प्रतिबद्ध रहेको जनाएका थिए ।  सोही क्रममा नागरिकको  सेवाका लागि चिसापानी अस्पतालमा सबल केन्द्र स्थापना गरेको उनको भनाई रहेको छ । बर्दघाट नगरपालिकाका मेयर शम्भु श्रेष्ठले चिसापानी अस्पतालको सेवा विस्तार र सुधारमा चौधरी फाउन्डेसनले महत्त्वपूर्ण योगदान दिएको बताए ।अस्पतालबाट २४ सै घण्टा सेवा उपलब्ध गराउने गरी काम हुन्छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप