आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

ठगी सम्बन्धी कसुर मुद्दामा फरार प्रतिवादी पक्राउ

बुधबार, २६ वैशाख २०८१, १२ : १०
बुधबार, २६ वैशाख २०८१

काठमाडौँ । ठगी सम्बन्धी कसुर मुद्दामा फरार रहेका प्रतिवादी सिन्धुपाल्चोक सुनकोशी गाउँपालिका–२ घर भई काठमाडौँ महानगरपालिका–३१ नयाँबानेश्वर बस्ने २७ वर्षीय ध्रुव खरेललाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । 

खरेल भएको ठगी सम्बन्धी कसुर मुद्दामा काठमाडौँ जिल्ला अदालतबाट पक्राउ पुर्जी समेत जारी भई फरार रहेका उनलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय मीनभवनबाट खटिएको प्रहरीले काठमाडौँ चाबहिलबाट पक्राउ गरेको हो । 

उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौँ पठाइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप