छुट्टाछुट्टै सवारी दुर्घटनामा चार जनाको मृत्यु
काठमाडौँ । सिन्धुलीको दुधौली नगरपालिका–७ सुगारेस्थित सडकमा खोरभञ्याङबाट कटारीतर्फ जाँदै गरेको ना.६ त २५२९ नम्बरको ट्याक्टर मंगलबार राति दुर्घटना हुँदा ट्याक्टरमा सवार सोही ठाउँ बस्ने २७ वर्षीय विनोद सदाको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको कटारी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका ट्याक्टरमा सवार १ जनालाई सोही अस्पताल हुँदै थप उपचारको लागि स्वस्तिक अस्पताल बर्दिबास महोत्तरी रिफर गरिएको छ । हाल फरार ट्याक्टर चालकको प्रहरीले खोजी गरिरहेको छ ।
यता बाराको परवानीपुर गाउँपालिका–५ नौतन बहुर्अरीस्थित सडकमा डीएल १ सिएच २३६० नम्बरको कारको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने ऋषि मुनि साहकी छोरी ६ वर्षीय प्रीति कुमारी साहको मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएकी उनको एलएस न्यूरो अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । कारमा सवार २ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
त्यस्तै नुवाकोट, बेलकोटगढी नगरपालिका–८ शिरखालीस्थित सडकमा बा ३ क ३७२२ नम्बरको बसमा बा प्र.०२–०४६ प १५२९ र बा प्र.०२–०४४ प ३६९२ नम्बरको मोटरसाइकल ठक्कर खाई मंगलबार साँझ दुर्घटना हुँदा बा प्र.०२–०४६ प १५२९ नम्बरको मोटरसाइकल चालक ललितपुर महालक्ष्मी नगरपालिका–१ इमाडोल बस्ने २० वर्षीय रूबिन रावल र सोही मोटरसाइकलमा सवार ललितपुर, ललितपुर महानगरपालिका–१ बस्ने १९ वर्षीय स्वीकार रानाको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनीहरूको जिल्ला अस्पताल त्रिशूलीमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका बा प्र.०२–०४४ प ३६९२ नम्बरको मोटरसाइकलमा सवार २ जनालाई उपचारको लागि ग्राण्डी अस्पताल काठमाडौँ पठाइएको छ । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बिहीबार यी राशिहरूको लागि शुभ, हेर्नुहोस् राशिफल
-
अस्तित्वको लडाइँ: घाना र पानामाको ‘गर या मर’ को भिडन्त
-
मस्कोको बदला लिँदै इंग्ल्याण्डको सानदार सुरुवात, क्रोएसिया ४–२ ले पराजित
-
रासफोर्डको गोलसँगै इंग्ल्याण्ड जित नजिक, क्रोएसिया विरुद्ध ४–२ को अग्रता
-
इरान र अमेरिकाबिचको समझदारी पत्रमा विद्युतीय हस्ताक्षर, इरानी विदेश मन्त्रालयद्वारा पुष्टि
-
कङ्गोसँगको बराबरीपछि रोनाल्डोको सन्देश: हामीले चाहेको जस्तो सुरुवात भएन, तर यो अझै सकिएको छैन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण