ह्याप्पी मदर्श डे आमा
बुधबार, २६ वैशाख २०८१, १२ : ०८

ह्याप्पी मदर्श डे आमा
तिमी मेरो कखरा पाठशालाको
पिपल झैँ ठडी रहनु
जस्तोसुकै घामपानी, हावामा पनि अड्डी रहनु
किनकि तिम्रो छहारी अलौकिक छ।
ह्याप्पी मदर्श डे आमा
तिमी उ त्यो आकाश झैँ खुला भइरहनु
जस्तोसुकै धुवाधुलो, तुवाँलोमा पनि प्रफुल्ल भइरहनु
किनकि तिम्रो हृदय अद्रितीय छ।
ह्याप्पी मदर्श डे आमा
तिमी उ यो धरती झैँ सहनशील भइरहनु
जस्तोसुकै बोझहरूमा पनि ग्रहणशील भइरहनु
किनकि तिम्रो काख अभूतपूर्ण छ।
ह्याप्पी मदर्श डे आमा
तिमी उ त्यो हिमाल झैँ हाँसिरहनु
युगौँयुग अटल भई बाँचिरहनु
किनकि तिम्रो हर मुस्कान अपरिहार्य छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तेस्रो सुपर ओभरमा नेदरल्यान्डसँग नेपाल पराजित
-
एघार महिनामा ४२ हजार पर्यटकले गरे रसुवाको भ्रमण
-
युद्धरत इजरायलमा रहेका नेपालीहरू सुरक्षित छन् ?
-
पाकिस्तानद्वारा इरानसँगको सीमा बन्द
-
अमेरिकी हतियार किन्ने विषयमा राष्ट्रपति ट्रम्पसँग छलफल गरिन्छ : जेलेन्स्की
-
जसपा नेपालको लिम्बुवान राष्ट्रिय समितिको अधिवेशनबाट नयाँ नेतृत्व निर्वाचित