ह्याप्पी मदर्श डे आमा
बुधबार, २६ वैशाख २०८१, १२ : ०८
ह्याप्पी मदर्श डे आमा
तिमी मेरो कखरा पाठशालाको
पिपल झैँ ठडी रहनु
जस्तोसुकै घामपानी, हावामा पनि अड्डी रहनु
किनकि तिम्रो छहारी अलौकिक छ।
ह्याप्पी मदर्श डे आमा
तिमी उ त्यो आकाश झैँ खुला भइरहनु
जस्तोसुकै धुवाधुलो, तुवाँलोमा पनि प्रफुल्ल भइरहनु
किनकि तिम्रो हृदय अद्रितीय छ।
ह्याप्पी मदर्श डे आमा
तिमी उ यो धरती झैँ सहनशील भइरहनु
जस्तोसुकै बोझहरूमा पनि ग्रहणशील भइरहनु
किनकि तिम्रो काख अभूतपूर्ण छ।
ह्याप्पी मदर्श डे आमा
तिमी उ त्यो हिमाल झैँ हाँसिरहनु
युगौँयुग अटल भई बाँचिरहनु
किनकि तिम्रो हर मुस्कान अपरिहार्य छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण