सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय

क्रान्तिकारी कम्युनिस्ट पार्टीले बोलायो स्थायी समिति बैठक

बुधबार, २६ वैशाख २०८१, १२ : २९
बुधबार, २६ वैशाख २०८१

काठमाडौँ । क्रान्तिकारी कम्युनिस्ट पार्टीले स्थायी समिति बैठक बोलाएको छ । बिहीबार पार्टी कार्यालय कुपन्डोलमा बैठक बस्ने नेता सीपी गजुरेलले जानकारी दिए । बैठकले पार्टीको एजेन्डा तय गर्नुको साथ समसामयिक राजनीतिक अवस्थाबारे छलफल हुने गजुरेलले बताए ।

उनका अनुसार बैठक तीन दिनसम्म जारी रहनेछ । नेताहरू राष्ट्रियता र जनपक्षीय एजेन्डामा लिप्त भएको उनको आरोप छ ।  ‘नेताहरू सत्ता स्वार्थमा लिप्त हुँदा जनपक्षीय एजेन्डा, राष्ट्रियताको पक्षमा काम हुन सकेको छैन । अहिलेको व्यवस्थाले निकास निस्कँदैन । समसामयिक राजनीति, पार्टीको आगामी एजेन्डाबारे बैठकमा छलफल हुन्छ’, बुधबार रातोपाटीसँग उनले भने । 

नेकपा मसालसँग पार्टी एकता भएपछि पहिलो पटक बैठक बस्न लागेको हो । साउनमा महाधिवेशन गर्ने तयारीमा रहेको क्रान्तिकारी कम्युनिस्ट पार्टीले मोहन बैद्यको नेतृत्वमा आयोजक समिति गठन गरेको छ । एकता प्रक्रियामा आएका धर्मेन्द्र बास्तोला र सन्तबहादुर नेपाली सहसंयोजक रहेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप