क्रान्तिकारी कम्युनिस्ट पार्टीले बोलायो स्थायी समिति बैठक
काठमाडौँ । क्रान्तिकारी कम्युनिस्ट पार्टीले स्थायी समिति बैठक बोलाएको छ । बिहीबार पार्टी कार्यालय कुपन्डोलमा बैठक बस्ने नेता सीपी गजुरेलले जानकारी दिए । बैठकले पार्टीको एजेन्डा तय गर्नुको साथ समसामयिक राजनीतिक अवस्थाबारे छलफल हुने गजुरेलले बताए ।
उनका अनुसार बैठक तीन दिनसम्म जारी रहनेछ । नेताहरू राष्ट्रियता र जनपक्षीय एजेन्डामा लिप्त भएको उनको आरोप छ । ‘नेताहरू सत्ता स्वार्थमा लिप्त हुँदा जनपक्षीय एजेन्डा, राष्ट्रियताको पक्षमा काम हुन सकेको छैन । अहिलेको व्यवस्थाले निकास निस्कँदैन । समसामयिक राजनीति, पार्टीको आगामी एजेन्डाबारे बैठकमा छलफल हुन्छ’, बुधबार रातोपाटीसँग उनले भने ।
नेकपा मसालसँग पार्टी एकता भएपछि पहिलो पटक बैठक बस्न लागेको हो । साउनमा महाधिवेशन गर्ने तयारीमा रहेको क्रान्तिकारी कम्युनिस्ट पार्टीले मोहन बैद्यको नेतृत्वमा आयोजक समिति गठन गरेको छ । एकता प्रक्रियामा आएका धर्मेन्द्र बास्तोला र सन्तबहादुर नेपाली सहसंयोजक रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्वराजालाई भेट्न नपाएको भन्दै शितलनिवास अगाडि आत्मदाह प्रयास
-
लैङ्गिक हिंसा र लैङ्गिक समानता विषयक प्रदेशस्तरीय सम्मेलन
-
केन्द्रमा एमाले–नेकपा मिल्ने चर्चाले मुख्यमन्त्री प्रस्ताव गरिसकेको कांग्रेसलाई तनाव !
-
निजी विद्यालय सञ्चालकलाई सिंहदरबार बोलाएर शिक्षामन्त्रीले के-के भने ?
-
भारतीय प्रधानमन्त्री मोदीको राजीनामा मागियाे
-
भारतमा सीजेपी आन्दोलनको राप (भिडियो)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण