प्रभाव पार्न सक्ने खेलाडी– हसमतुल्लाह शाहिदी (अफगानिस्तान)

एजेन्सी । हसमतुल्लाह शाहिदी अफगानिस्तानका अनुभवी खेलाडीमध्ये एक हुन् । उनी अफगानिस्तानका लागि टेस्ट क्रिकेट खेल्न निकै कम खेलाडीभित्र पर्छन् । २९औँ वर्ष प्रवेशको सँघारमा रहेका हसमतुल्लाह शाहिदीले जारी विश्वकपको तीन खेलमा कुल एक सय १२ रन बनाएका छन् ।
हसमतुल्लाह शाहिदी टोलीका कप्तान पनि हुन् । भारतविरुद्धको खेलमा उनले ८० रन बनाएका थिए । यद्दपि, त्यो खेलमा अफगानिस्तान पराजित भएको थियो । जारी विश्वकपको बाँकी दुई खेलमा भने उनको ब्याटिङ खासै चल्न सकेको छैन । तर, बलियो न्युजिल्यान्डविरुद्धको खेलमा हसमतुल्लाह शाहिदीबाट अफगानिस्तानले उत्कृष्ट ब्याटिङको आशा गरेको छ । यी बायाँहाते ब्याट्सम्यान बंगलादेशविरुद्धको खेलमा १८ रन बनाउँदै पेभेलियन फर्किएका थिए ।
इङ्ल्यान्डविरुद्धको खेलमा पनि उनी लामो समय क्रिजमा टिक्न सकेका थिएनन् । त्यो खेलमा उनी केवल १४ रन बनाउँदै आउट भएका थिए । उनले अफगानिस्तानका लागि तीनवटै ढाँचाको अन्तर्राष्ट्रिय प्रतियोगिता खेलिसकेका छन् । हसमतुल्लाह शाहिदीले देशका लागि ६७ एकदिवसीय अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्दै ३२।५३ को औसतले कुल एक हजार आठ सय ८७ रन बनाएका छन् । उनले एकदिवसीय खेलमा १७ वटा अर्धसतक पनि प्रहार गरिसकेका छन् ।
एकदिवसीय खेलमा उनको उत्कृष्ट प्रदर्शन भने अविजित ९७ रन हो । उनले १५ वटा क्याच पनि लिएका छन् । उनले अफगानिस्तानका लागि ६ वटा टेस्ट पनि खेलेका छन् । टेस्ट क्रिकेटमा उनले ५३।५७ को औसतले कुल तीन सय ७५ रन बनाएका छन् ।
टेस्टमा उनले एक सतक र एक अर्धसतक बनाएका छन् । टेस्ट क्रिकेटमा उनको उत्कृष्ट प्रदर्शन भने अविजित दुई सय रन हो । उनले टेस्टमा दुईवटा क्याच पनि लिएका छन् । यसका अतिरिक्त उनले टी—२० अन्तर्राष्ट्रिय क्रिकेटमा ६ खेल खेलेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पशुपति क्षेत्रमा पहिलो पटक निःशुल्क नशामुक्ति शिविर हुँदै, देशविदेशबाट ३० हजार बढी सहभागी हुँदै
-
म्यान्मामा ‘जुन्टा’को हवाई आक्रमण, २० बालबालिकासहित २२ जनाको मृत्यु
-
मौसम बदली, ठाउँ ठाउँमा भारी वर्षा
-
काभ्रेको रोशी खोलामा बाढी, बीपी राजमार्ग अवरुद्ध
-
गिरुवारी खोलाको पुल भाँचिदा नारायणगढ–बुटवल सडक अवरुद्ध
-
चोरमाराको गिरूवारी खोला पुल भाँसियो, निरीक्षणमा जाँदै प्रहरी