सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय

दसैँमा मौसम सामान्यतया सफा रहने

बिहीबार, ०२ कात्तिक २०८०, १५ : ३९
बिहीबार, ०२ कात्तिक २०८०

काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार यसपालीको दसैँमा मौसम सामान्यतया सफा रहने जनाएको छ । 

महाशाखाका मौसमविद् रोजन लामिछानेले दसैँमा मौसम सफा रहने बताए । “दसैँमा मौसम सफा रहने देखिन्छ । देशका पहाडी भेगका एक/दुई स्थानमा बदली र हल्का वर्षा रहेपनि सामान्यतया मौसम राम्रो रहने देखिन्छ”, उनले भने ।

महाशाखाले आज साँझ या भोलि शुक्रबार दसैँको विशेष बुलेटिन जारी गर्ने तयारी गरेको छ । मौसमी अवस्थाबारे विज्ञहरुबीच छलफल भइरहेकाले छिट्टै दसैँ बुलेटिन आउने मौसमविद् लामिछानेले बताए । 

हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव छ । जसका कारण अहिले देशका पहाडी भू-भागका एक दुई स्थानमा मेघगर्जन/चट्याङगसहित हल्का वर्षाको सम्भावना छ । देशको उच्च पहाडी तथा हिमाली क्षेत्रका एक/दुई स्थानमा हल्का हिमपातको सम्भावना छ । रातिको समयमा कोशी र गण्डकी प्रदेशको पहाडी भू-भागका एक/दुईस्थानमा मेघगर्जन/चट्याङगसहित हल्का वर्षाको सम्भावना छ । 

भोलि शुक्रबार पनि कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागमा मेघगर्जन/चट्याङगसहित हल्का वर्षाको सम्भावना छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप