एसियाली पारा खेलकुद : प्रकाशको विजयी सुरुआत
शुक्रबार, ०३ कात्तिक २०८०, १९ : ५९
काठमाडौँ । नेपालका प्रकाश अधिकारीले चौथो एसियाली पारा खेलकुदको ब्याडमिन्टनमा शुक्रबार विजयी सुरुआत गरेका छन् ।
चीनको हाङझावस्थित बीजे जिम्न्याजियममा भएको पुरुष सिंगल्सको एसएल ४ क्याटगोरीको समूह ‘डी’ मा प्रकाशले इराकका अली अल्सादीलाई २–१ ले पराजित गरे । प्रकाश २१–१९, १९–२१ र २१–१९ ले विजयी भए ।
ब्याडमिन्टनकै पुरुष सिंगल्सको एसयु ५ समूह ‘जि’ मा इन्डोनेसियाका द्वि कुर्निया ओडी लिस्टयान्टोले नेपालका हेमबहादुर गुरुङलाई २१–८ र २१–१० को सोझो सेटमा पराजित गरे ।
एसियाली पारा खेलकुदको औपचारिक उद्घाटन भने अक्टोबर २२ तारिखमा हुनेछ । पारा खेलकुदमा नेपालबाट विभिन्न १० खेलमा १९ खेलाडी सहभागी छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निर्मल पुर्जाको ५७ औँ पटक आठ हजार मिटर अग्ला हिमालको सफल आरोहण, सांसद शेर्पाद्वारा बधाई
-
त्रिवि स्ववियू उपसभापतिसहित २३ जना विद्यार्थी प्रहरीको नियन्त्रणमा
-
सार्वजनिक खरिद अनुगमन कार्यालयद्वारा निर्माण कार्य खरिदसम्बन्धी परिमार्जित नमुना बोलपत्र जारी
-
उत्तरपश्चिम नाइजेरियामा सशस्त्र समूहको आक्रमण, २० भन्दा बढीको मृत्यु
-
‘हिट एन्ड रन’ घटनाका फरार चालक गाडीसहित पक्राउ
-
पहाडी क्षेत्रमा उल्लेख्य वर्षा, केही स्थानमा भारी वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण