विमानमा चरा ठोक्किएको आशङ्कापछि केही बेर विमानस्थल बन्द
शनिबार, ०४ कात्तिक २०८०, २० : ०६
काठमाडौँ । मलेसियाको क्वालम्पुरबाट काठमाडौँ आएको मालिन्डो एयरमा चरा ठोक्किएको आशङ्कापछि शनिबार केही बेर विमानस्थल बन्द गर्नुपरेको छ । विमान अवतरण गर्ने क्रममा मरेको चरा भेटिएपछि चेकजाँचका लागि केही बेर विमानस्थल बन्द गर्नुपरेको हो ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता सुवास झाका अनुसार मालिन्डो एयरले अवतरण गर्ने क्रममा ‘सस्पेक्टेड बर्ड स्ट्राइक’ रिपोर्ट गरेको थियो । त्यसैको चेकजाँचका लागि करिब २० मिनेट विमानस्थल बन्द गर्नुपरेको उनको भनाई छ । हवाई सुरक्षाका लागि यो नियमित प्रक्रिया भएको उनले बताए । विमानमा भने कुनै क्षति नदेखिएको उनले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्ट्रेट अफ होर्मुज पार गर्ने प्रयास गरेका दुई जहाजमाथि आक्रमण
-
वरिष्ठ उपाध्यक्ष डाँगीद्वारा उत्तम भ्लोन लामाको प्यानललाई भोट हाल्ने घोषणा
-
सम्पन्न बस्तीका नाममा भएको ठगी छानबिन होस् : सांसद अधिकारी
-
राज्य व्यवस्था समितिले गठन गर्यो ५ वटा उपसमिति
-
ज्ञानेन्द्र शाहीको टिप्पणी : अर्थमन्त्रीले किताब पढ्नुभयो, समाज र माटो बुझ्नुभएन
-
खेल मैदानबाट खेल प्रशासनमा पूर्व खेलाडी : उपाध्यक्ष विशाल श्रेष्ठसहित ५ जनाले सम्हाले जिम्मेवारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण