आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

यसरी घरमै तयार गर्नुहोस् मटन बिरयानी (भिडियो)

आइतबार, ०५ कात्तिक २०८०, १७ : २१
आइतबार, ०५ कात्तिक २०८०

काठमाडौँ । दसैँमा खसीको मासु धेरैको किचेनमा पाक्ने परिकार हो । अझ मासु मन पराउने नेपालीहरूका लागि मासु र भात त रुचिको परिकारमै पर्ने गर्दछ ।

तर यो दसैँमा खसीको मासुबाट तयार हुने ‘मटन बिरयानी’ पनि अब घरमै बनाएर खान सक्नु हुनेछ । रातोपाटीको दसैँ विशेष स्तम्भमा हामीले सजिलोसँग घरमै मटन बिरयानी बनाएर खान सकिने रेसिपीसहित बनाउने तरिका पनि पस्किएका छौं ।

विशेष गरेर सहर बजारमा हुर्किएको नयाँ पुस्ता बिरयानी भनेपछि हुरुक्कै हुने गरेको पाइन्छ । यस अर्थमा यस पटकको दसैँमा गाउँ वा घरमै पुगेका बेला आफ्नै किचेनमा मटन बिरयानी तयार गरी रमाउन सक्नु हुने छ । त्यसका लागि हामीले सोह्र खुट्टे स्थित रहेको फुडालय रेष्ट्रोका सेफ महेश तपलिकाका साथमा तयार यो सामग्री : 

मटन बिरयानी बनाउँदा चाहिने सामाग्री (आवश्यकता अनुसार)

  • चामल
  • मटन
  • टमाटर
  • प्याज
  • तेज पत्ता
  • ल्वाङ सुकुमेल
  • जिराको धुलो 
  • गरम मसला
  • मिट मसला
  • कश्मिरी लाल
  • अदुवा लसुनको पेस्ट
  • चिनी
  • नुन
  • तोरीको तेल 
  • दही
  • काजु, किसमिस

कसरी तयार गर्ने त ‘मटन बिरयानी’ ?

मटन बिरयानी बनाउन सबैभन्दा पहिला चामललाई ७० प्रतिशत पाक्ने गरी उसिन्नु पर्छ। उसिन्ने बेलामा चामल कलरफुल बनाउन चामलमा अलिकति बेसार हालेर उसिन्नु राम्रो हुन्छ । 

त्यपछि मटन (खसीको मासु) म्यारिनेट गर्नका लागि मासुमा तोरीको तेल, स्वाद अनुसार (नुन, अदुवा लसुनको पेस्ट, जिराको धुलो, गरम मसला, मिट मसला, कश्मिरी लाल, पेपर, र दाही हालेर मोल्नुपर्छ । मोलिसकेपछि १५ मिनेट त्यत्तिकै छोड्दा मसलाहरू मजाले मिक्स हुन्छ । 

मटन बिरयानी बनाउन सुरुमा कुकरमा तोरीको तेल र केही मात्रामा घ्यू हाल्ने । उक्त तेल वा घ्यू तातिसकेपछि तेजपत्ता र ल्वाङ, सुकुमेल फुराउने । त्यसपछि प्याज हालेर गोल्डेन ब्राउन हुन्जेलसम्म फ्राई गर्नुपर्दछ । 

प्याज गोल्डेन ब्राउन भएपछि काजु हालेर एक छिन फ्राई गर्ने । त्यसपछि म्यारिनेट गरेर राखेको मासु हालेर फ्राई गर्दै छोप्दै पकाउने ।

१० मिनेट जति मासु पाकिसकेपछि फेरि टमाटर हालेर टमाटर नपाकुन्जेल चलाउने । मटन राम्रोसँग पाकिसकेपछि बोइल गरेर राखेको चामल र केही मात्रामा चिनी हाल्ने र राम्रोसँग मिक्स गर्ने । एक छिन चलाएपछि कुकरमा बिर्को लगाएर सिट्ठी लाग्ने गरी पकाउने । अब तयार यसपछि मटन बिरयानी तयार हुन्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप