भद्रकालीमा सवारी पूजा गर्नेको भीड
सोमबार, ०६ कात्तिक २०८०, १० : ५४
काठमाडौँ । काठमाडौँको भद्रकाली मन्दिरमा सवारीसाधन पूजा गर्नेको भीड लागेको छ । बडा दसैँअन्तर्गत आज महानवमीको अवसरमा शस्त्रअस्त्र तथा औजारहरू र अटो शोरुम, अटो वर्कशप तथा आफ्ना निजी सवारीहरु पूजा गर्नु अगाडि धोई,पखाली गाडी सर्भिसिङ गरिन्छ ।
महानवमीको अवसरमा आज बिहानैदेखि भद्रकाली मन्दिरमा आफ्ना सवारी साधनले आफूलाई सधैँ साथ दिने, नबिग्रने आशाका साथ सवारीको पूजा गर्ने गर्दछन् । आजको दिन विशेषतः अटो शोरुमहरुले पनि आफ्ना अटोमोबाइल्स प्रोडक्टहरुको विशेष पूजाअर्चना गर्छन् ।
विधिवत् रूपमा गरिने यो पूजालाई विशेष महत्वका रूपमा लिइन्छ । नवरात्रको महाअष्टमी/नवमीमा औजारहरूको पूजा गरेमा औजारहरू वा साधनहरू धेरै समय टिक्ने, आफूलाई नाफाउन्मुख गराउने जस्ता विश्वास राखेर विशेष पूजा गर्ने प्रचलन रही आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
त्रिवि स्ववियू उपसभापतिसहित २३ जना विद्यार्थी प्रहरीको नियन्त्रणमा
-
सार्वजनिक खरिद अनुगमन कार्यालयद्वारा निर्माण कार्य खरिदसम्बन्धी परिमार्जित नमुना बोलपत्र जारी
-
उत्तरपश्चिम नाइजेरियामा सशस्त्र समूहको आक्रमण, २० भन्दा बढीको मृत्यु
-
‘हिट एन्ड रन’ घटनाका फरार चालक गाडीसहित पक्राउ
-
पहाडी क्षेत्रमा उल्लेख्य वर्षा, केही स्थानमा भारी वर्षाको सम्भावना
-
कर्णालीमा नेकपाको संसदीय दलदेखि प्रदेश कमिटीसमेत उभियो मुख्यमन्त्री कँडेलविरुद्ध
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण